यसरी टुंगियो कञ्चन प्रकरण
काठमाडौं । नेपाली सञ्चारमाध्यममा चर्चित बनेको कञ्चन प्रकरण टुंगिएको छ । बाजुराका मोहन रेग्मी र ओखलढुंगाकी कञ्चन रेग्मीको प्रकरण एउटा टेलिभिजन कार्यक्रममार्फत प्रकाशित भएपछि चर्चित बनेको थियो ।
मोहनले आफ्नी श्रीमतीलाई राम्रोसँग लालनपालन नगरेको र घरबाट जबर्जस्त निकालिएको कुरा टेलिभिजन कार्यक्रममा प्रसारण भएको थियो । कार्यक्रममा अतिथि बनेर गएकी कञ्चनले आफूलाई श्रीमानका तर्फबाट ठूलो अन्याय भएको बताएकी थिइन् ।
अत्यन्तै भावुक बनाउने अन्तर्वार्ता दिएकी उनले कार्यक्रम प्रसारण भएको केही समयमै ठूलो चर्चा बटुलिन् । तर, उक्त विषयको सत्यतथ्य खोज्दै जाँदा कञ्चन नभएर मोहन चाहिँ उक्त सम्बन्धबाट पीडित भएको देखियो । मागी विवाह गरेर दुई सन्तान समेत जन्माएकी श्रीमती कुलतमा फँस्दै गएपछि मोहन अदालतबाटै सम्बन्धविच्छेद गरेर अलग्गिएको तथ्य फेला परेको थियो ।
त्यसपछि चाहिँ मोहन नभएर कञ्चन नै दोषी भएको बरू मिडियामा कञ्चन गलत तरिकाले प्रस्तुत भएको विश्लेषण गरियो ।
कञ्चन कुलतमा फँस्दै गएकी थिइन् । कुलतले गालेपछि उनी सडकमै बस्न थालिन् । त्यसपछि सम्बन्धविच्छेद भयो । अहिले उनी एउटा सामाजिक संस्थाको शरणमा पुगेर त्यहीँ बस्दै आएकी छन् ।
सम्बन्धविच्छेद भएपनि उनलाई लालनपालनको लागि पूर्वपति मोहनले ११ लाख रुपैयाँ दिने वाचा गरेका थिए । तर, कञ्चन जहिलेपनि कुलतमै रहेको कारणले उनले त्यो रकम चाहिँ दिन मन गरेनन् ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












