रत्नराज्य लक्ष्मी स्ववियु निर्वाचन, कार्यसमितिले पायो पूर्णता

काठमाडौं २३ चैत । चैत १५ गते सम्पन्न भएको रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ कार्यसमितिले पूर्णता पाएको छ समानुपातिक निर्वाचनमा पाएका मतको आधारमा सङ्गठनले कार्यसमितिमा छानीएका प्रतिनिधि पठाएपछि पूर्णता पाएको निर्वाचन समितिका सदस्यसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी दिएका छन् ।
उनले निर्वाचनमा सहभागी अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ र संयुक्त प्यानललेनै समानुपातिकमा पाएको मतको आधारमा पदाधिकारी र सदस्य पठाएको बताए ।‘अनेरास्ववियु क्रान्तिकारीबाहेक सबैले बन्दसूचीमा भएको नाम अनुसार समानुपातिकमा पाएको मतको आधारमा सदस्य पठाएका छन्’ उनले भने, ‘स्ववियुले पूर्णता पाएपछि आफ्ना गतिविधि सञ्चालन गर्न पाउँछ ।’
प्रत्यक्षबाट ११ सदस्यीय र समानुपातिकबाट १० सदस्यीय चयन गर्ने व्यवस्था रहेको थियो । उनका अनुसार समानुपातिक मतको आधारमा अनेरास्ववियुले पाँच, नेपाल विद्यार्थी सङ्घले तीन, अनेरास्ववियु क्रान्तिकारी र संयुक्त प्यानलबाट एक÷एक जना स्ववियु कार्यसमितिमा आएका छन् ।स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले स्ववियु उपाध्यक्षमा श्रीकृष्ण उप्रेती र सहसचिवमा इन्द्रहाङ राईलाई चयन गरिएको जानकारी गराए ।
एक्काइस सदस्यीय कार्यसमितिमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य निर्वाचित भएका थिए भने समानुपातिकबाट उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत प्राप्त मतको आधारमा निर्वाचित गर्ने व्यवस्था रहेको थियो ।सर्वोच्च अदालतले आरआरमा भएको निर्वाचन बदरको माग गरी दायर गरिएको रिटमा अन्तरिम आदेश दिन नपर्ने जनाएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












