रत्नराज्य लक्ष्मी स्ववियु निर्वाचन, कार्यसमितिले पायो पूर्णता

काठमाडौं २३ चैत । चैत १५ गते सम्पन्न भएको रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ कार्यसमितिले पूर्णता पाएको छ समानुपातिक निर्वाचनमा पाएका मतको आधारमा सङ्गठनले कार्यसमितिमा छानीएका प्रतिनिधि पठाएपछि पूर्णता पाएको निर्वाचन समितिका सदस्यसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी दिएका छन् ।
उनले निर्वाचनमा सहभागी अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ र संयुक्त प्यानललेनै समानुपातिकमा पाएको मतको आधारमा पदाधिकारी र सदस्य पठाएको बताए ।‘अनेरास्ववियु क्रान्तिकारीबाहेक सबैले बन्दसूचीमा भएको नाम अनुसार समानुपातिकमा पाएको मतको आधारमा सदस्य पठाएका छन्’ उनले भने, ‘स्ववियुले पूर्णता पाएपछि आफ्ना गतिविधि सञ्चालन गर्न पाउँछ ।’
प्रत्यक्षबाट ११ सदस्यीय र समानुपातिकबाट १० सदस्यीय चयन गर्ने व्यवस्था रहेको थियो । उनका अनुसार समानुपातिक मतको आधारमा अनेरास्ववियुले पाँच, नेपाल विद्यार्थी सङ्घले तीन, अनेरास्ववियु क्रान्तिकारी र संयुक्त प्यानलबाट एक÷एक जना स्ववियु कार्यसमितिमा आएका छन् ।स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले स्ववियु उपाध्यक्षमा श्रीकृष्ण उप्रेती र सहसचिवमा इन्द्रहाङ राईलाई चयन गरिएको जानकारी गराए ।
एक्काइस सदस्यीय कार्यसमितिमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य निर्वाचित भएका थिए भने समानुपातिकबाट उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत प्राप्त मतको आधारमा निर्वाचित गर्ने व्यवस्था रहेको थियो ।सर्वोच्च अदालतले आरआरमा भएको निर्वाचन बदरको माग गरी दायर गरिएको रिटमा अन्तरिम आदेश दिन नपर्ने जनाएको छ ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











