ट्रमा सेन्टरमा झुन्डिएर वृद्धाले गरिन् आत्महत्या
काठमाडौं २४ चैत । ट्रमा सेन्टरको पाँचौ तलामा झुन्डिएर एक वृद्धले आत्महत्या गरेकी छन् । मिजी १– बाग्लुङ स्थायी ठेगाना भएकी अन्दाजी ६० वर्षकी जयकला घर्तिमगरले विहिबार विहाना झुन्डिएर आत्महत्या गरेकी हुन् ।
प्रहरीले पनि आत्महत्या गर्नुको कारण यही नै हो भनेर ठहर्याएको छैन । अस्पतालमा कुरुवा बसेकी जयकलाकी छोरीसितको कुराकानी पश्चात्त मात्रै आत्महत्याको कारणबारे थाहा हुन सक्ने प्रहरीको भनाइ छ ।
मगरको आत्महत्याको कारण खुल्न नसकेपनि आर्थिक समस्याको कारण आत्महत्याको बाटो रोजेको हुनसक्ने अनुमान लगाइएको छ अस्पताल स्रोतका अनुसार शल्यक्रिया गरेवापत चर्को शुल्क तिर्नुपर्ने बेडमा रहेका अन्य बिरामीहरुबाट सुनेपछि जयकला तनावमा थिइन् ।
हड्डिको रोगले ग्रसित घर्तीमगर केही समयदेखि ट्रमा सेन्टरको बेड नं.५३३ मा उपचाररत थिइन् । जयकलाको आत्महत्याले आफूहरु स्तब्ध भएको ट्रमा सेन्टरका निर्देशक डाक्टर प्रमोद उपाध्यायले बताए ।
डा.उपाध्यायका अनुसार बिरामीको तत्काल अप्रेसन गर्नुपर्ने अवस्था थिएन । उनमा टीबीको आशंका गरिएको थियो र बायोप्सी जाँचका लागि आवश्यक सामाग्री बिरामीका आफन्तले किनिसकेका थिए ।
अस्पतालको बेड चार्ज पनि दैनिक २ सय रुपैयाँमात्रै थियो । आर्थिक समस्या परेको भए सहुलियतसमेत गर्न सकिने भएकाले आर्थिक कारणले उनले आत्महत्या गर्नुपर्ने कारण नदेखिएको डा. उपाध्यायको भनाइ छ ।
जयकलाको शवलाई पोष्टमार्टमका लागि त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












