ट्रमा सेन्टरमा झुन्डिएर वृद्धाले गरिन् आत्महत्या
काठमाडौं २४ चैत । ट्रमा सेन्टरको पाँचौ तलामा झुन्डिएर एक वृद्धले आत्महत्या गरेकी छन् । मिजी १– बाग्लुङ स्थायी ठेगाना भएकी अन्दाजी ६० वर्षकी जयकला घर्तिमगरले विहिबार विहाना झुन्डिएर आत्महत्या गरेकी हुन् ।
प्रहरीले पनि आत्महत्या गर्नुको कारण यही नै हो भनेर ठहर्याएको छैन । अस्पतालमा कुरुवा बसेकी जयकलाकी छोरीसितको कुराकानी पश्चात्त मात्रै आत्महत्याको कारणबारे थाहा हुन सक्ने प्रहरीको भनाइ छ ।
मगरको आत्महत्याको कारण खुल्न नसकेपनि आर्थिक समस्याको कारण आत्महत्याको बाटो रोजेको हुनसक्ने अनुमान लगाइएको छ अस्पताल स्रोतका अनुसार शल्यक्रिया गरेवापत चर्को शुल्क तिर्नुपर्ने बेडमा रहेका अन्य बिरामीहरुबाट सुनेपछि जयकला तनावमा थिइन् ।
हड्डिको रोगले ग्रसित घर्तीमगर केही समयदेखि ट्रमा सेन्टरको बेड नं.५३३ मा उपचाररत थिइन् । जयकलाको आत्महत्याले आफूहरु स्तब्ध भएको ट्रमा सेन्टरका निर्देशक डाक्टर प्रमोद उपाध्यायले बताए ।
डा.उपाध्यायका अनुसार बिरामीको तत्काल अप्रेसन गर्नुपर्ने अवस्था थिएन । उनमा टीबीको आशंका गरिएको थियो र बायोप्सी जाँचका लागि आवश्यक सामाग्री बिरामीका आफन्तले किनिसकेका थिए ।
अस्पतालको बेड चार्ज पनि दैनिक २ सय रुपैयाँमात्रै थियो । आर्थिक समस्या परेको भए सहुलियतसमेत गर्न सकिने भएकाले आर्थिक कारणले उनले आत्महत्या गर्नुपर्ने कारण नदेखिएको डा. उपाध्यायको भनाइ छ ।
जयकलाको शवलाई पोष्टमार्टमका लागि त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि के हुँदैछ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












