बालश्रम गरेर परिवार पाल्न बाध्य छन् बालबालिका
रोल्पा, २५ चैत । रोल्पा लिवाङ नगरपालिका–८ की बिमला महरा ७ वर्षको उमेरदेखि नै घरबाहिर वस्दै आएकी छिन् । अहिले उनी १३ वर्षकी भइन् । उनी सदरमुकाम लिवाङमा रहेको एक पसलमा काम गर्छिन् । आर्थिक अवस्था निकै कमजोर रहेकी उनको आमा मुखले बोल्न सक्दिनन् भने वुबासमेत वृद्ध अवस्थामा छन् ।
उनी मात्र होइन उनको परिवारमा दुई दाइ र एक बहिनीले समेत उनी जस्तै बालश्रमिकका रुपमा काम गर्दै आएका छन् । घरदेखि १५ मिनेटको दूरीमा विद्यालय रहेपनि उनीहरुले अहिलेसम्म विद्यालय देख्न पाएका छैनन् । सबै छोराछोरीले अर्काको घरमा बसेर काम गर्ने गरेको भएपनि अहिलेसम्म एक पैसा नपाएको बिमलाका बुबा हस्तवहादुर महराले बताउनुभयो ।
“७३ वर्ष उमेर भएपनि आफँै भारी बोकेर श्रीमती पाल्दै आएको छु, के गरौँ, काम नगर्दा खान पुग्दैन”, महराले दुःखेसो पोख्नुभयो ।
कम्मरमा नाम्लो बाँधेर बिहान झिसमिसेमै सदरमुकाम आउनु उहाँको दिनचर्या वनेको छ । भारी बोक्न पाएको दिन साँझ फर्कंदा चामल लिएर फर्कनु हुन्छ । सदरमुकाममा ट्याम्पो चल्न थालेपछि त पेसासमेत सङ्कटमा पर्न थालेको उहाँले बताउनुभयो । पहिले पहिले बसका यात्रुको सामान घरसम्म पु¥याउनुपथ्र्यो अहिले भने सबै काम ट्याम्पोले गर्दा रोजगारी नै खोसिएको महराले गुनासो गर्नुभयो ।
रौतहट ब्रह्मपुरीका १२ वर्षीय दिनेश साह सदरमुकाम लिवाङमा रहेको एक मिठाई पसलमा काम गर्छन् । राम्रोसँग नेपाली भाषा बोल्न नसक्ने उनी बिहानै ५ देखि बेलुका १० बजेसम्म भाँडा धुने, सफाइ गर्नेलगायतको काम गर्छन् । काम गरेबापत कति पारिश्रमिक पाउँछु भन्ने कुरा उनलाई थाहा छैन ।
साहुले उनको बुबासँग सम्झौता गरिल्याएको हुँदा सम्झौताअनुसारको रकम बुबाले नै बुझ्ने गरेको उनले बताए । काम गर्न थालेको ३ वर्षभन्दा बढी भएको र उनले काम गरेको पारिश्रमिक भने साहुले नियमित दिने गरेको दिनेशले बताए ।
“दीपावलीमा घर जाँदा साहुले बुबालाई पैसा दिन्छन्”, उनले भने । उनले काम गर्ने पसल हँुदै विद्यालय जाँदै गरेका उनको उमेरका साथी देख्दा विद्यालय जान पाए हुन्थ्यो भन्ने लागेको उनले बताए ।
गजुल–१ रोल्पाका अर्का १३ वर्षीय बालक गोविन्द विक लिवाङमै रहेको अर्को एक रेस्टुरेन्टमा काम गर्छन् । उनले काम गरेबापत मासिक रु पाँच हजार पारिश्रमिकसमेत पाउँदै आएका छन् । काम गर्न लागेको पाँच महिना भयो, साहुले महिना मर्ने बित्तिकै पैसा दिने गरेको विकले बताए ।
घरमा आर्थिक अवस्था निकै कमजोर छ, यही पैसाले घर खर्च चलेको विकले अगाडि थपे । बुबा वैदेशिक रोजगारीमा रहेपनि बुबाको कमाईले मात्र परिवार पाल्न निकै समस्या भएका कारण काम गर्न वाध्य भएको उनले वताए ।
धवाङ–२ रोल्पाकी १२ वर्षीया वीरमती सुनार अर्की बालश्रमिक हुन् । उनले सदरमुकाममा रहेको एक पसलमा काम गर्छिन् । उनलाई काम गरेबापत साहुले मासिक रु चार हजार पारिश्रमिक दिने गर्दछन् । पारिश्रमिक पाउने बित्तिकै उनले सबै पैसा घर पठाउँछिन् भने कहिलेकाहीँ त महिना सकिने बित्तिकै घरवाट पैसा लिन आउने गरेको उनको भनाइ छ ।
यसरी बालश्रमिकका रुपमा काम गर्ने बालबालिकाको सङ्ख्या रोल्पा सदरमुकाम लिवाङमा मात्रै १९ बालक र नौ बालिका गरी २८ जना रहेको जिल्ला बाल कल्याण समिति रोल्पाका बाल संरक्षण निरीक्षक कपिलदेव भण्डारीले जानकारी दिनुभयो ।
यसरी काम गर्ने होटेलमा १३, फेन्सी स्टोरमा तीन, फर्निचरमा दुई, घरेलु कामदार सात, मोटर वर्कसपमा तीनजना रहेको भण्डारीले बताउनुभयो । स्रोत अभावका कारण सदरमुकाममा रहेका बालश्रमिकको मात्रै तथ्याङ्क लिएको बताउँदै जिल्लाका सबै गाविसमा बालश्रमिकको सङ्ख्या धेरै हुनसक्ने भण्डारीले बताउनुभयो ।
विद्यालय उमेरका तर विद्यालयको पहुँच नभएका जिल्लाका विभिन्न १५ गाविसका बालश्रमिकलाई मानवअधिकार सचेतन केन्द्र, रोल्पाले सेभ द चिल्ड्रेनको सहयोगमा अघिल्लो वर्ष तीनसय ५१ र यस वर्ष एकसय १३ जना वालबालिकालाई वैकल्पिक शिक्षा दिएको एकीकृत परियोजनाका कार्यक्रम संयोजक कुमार पोख्रेलले जानकारी दिनुभयो ।
पढाइ छोडेका, इँटा भट्टाबाट फर्किएका तथा आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जान नसकेका बालबालिकालाई वैकल्पिक शिक्षा दिएको पोख्रेलले बताउनुभयो ।
बालश्रम न्यूनीकरणका लागि स्थानीय स्रोतसाधनको परिचालन गरेर विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला बाल सङ्गठनका कोषाध्यक्ष वेगमकुमार हमालले बताउनुभयो ।
असहाय तथा अनाथ बालवालिकालाई पठनपाठन र छात्रवृत्तिका लागि केन्द्रीय बालकल्याण समितिमा सिफारिस गर्दै आएको उहाँले जानकारी दिनुभयो । बालश्रमिक न्यूनीकरणमा हरेक वर्ष सरकारी एवम् गैरसरकारी निकायवाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएपनि यसको न्यूनीकरण हुन नसक्नु दुःखद पक्ष रहेको मानवअधिकारकर्मी तीर्था आचार्यले प्रतिक्रिया दिनुभयो । रासस
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












