बालश्रम गरेर परिवार पाल्न बाध्य छन् बालबालिका
रोल्पा, २५ चैत । रोल्पा लिवाङ नगरपालिका–८ की बिमला महरा ७ वर्षको उमेरदेखि नै घरबाहिर वस्दै आएकी छिन् । अहिले उनी १३ वर्षकी भइन् । उनी सदरमुकाम लिवाङमा रहेको एक पसलमा काम गर्छिन् । आर्थिक अवस्था निकै कमजोर रहेकी उनको आमा मुखले बोल्न सक्दिनन् भने वुबासमेत वृद्ध अवस्थामा छन् ।
उनी मात्र होइन उनको परिवारमा दुई दाइ र एक बहिनीले समेत उनी जस्तै बालश्रमिकका रुपमा काम गर्दै आएका छन् । घरदेखि १५ मिनेटको दूरीमा विद्यालय रहेपनि उनीहरुले अहिलेसम्म विद्यालय देख्न पाएका छैनन् । सबै छोराछोरीले अर्काको घरमा बसेर काम गर्ने गरेको भएपनि अहिलेसम्म एक पैसा नपाएको बिमलाका बुबा हस्तवहादुर महराले बताउनुभयो ।
“७३ वर्ष उमेर भएपनि आफँै भारी बोकेर श्रीमती पाल्दै आएको छु, के गरौँ, काम नगर्दा खान पुग्दैन”, महराले दुःखेसो पोख्नुभयो ।
कम्मरमा नाम्लो बाँधेर बिहान झिसमिसेमै सदरमुकाम आउनु उहाँको दिनचर्या वनेको छ । भारी बोक्न पाएको दिन साँझ फर्कंदा चामल लिएर फर्कनु हुन्छ । सदरमुकाममा ट्याम्पो चल्न थालेपछि त पेसासमेत सङ्कटमा पर्न थालेको उहाँले बताउनुभयो । पहिले पहिले बसका यात्रुको सामान घरसम्म पु¥याउनुपथ्र्यो अहिले भने सबै काम ट्याम्पोले गर्दा रोजगारी नै खोसिएको महराले गुनासो गर्नुभयो ।
रौतहट ब्रह्मपुरीका १२ वर्षीय दिनेश साह सदरमुकाम लिवाङमा रहेको एक मिठाई पसलमा काम गर्छन् । राम्रोसँग नेपाली भाषा बोल्न नसक्ने उनी बिहानै ५ देखि बेलुका १० बजेसम्म भाँडा धुने, सफाइ गर्नेलगायतको काम गर्छन् । काम गरेबापत कति पारिश्रमिक पाउँछु भन्ने कुरा उनलाई थाहा छैन ।
साहुले उनको बुबासँग सम्झौता गरिल्याएको हुँदा सम्झौताअनुसारको रकम बुबाले नै बुझ्ने गरेको उनले बताए । काम गर्न थालेको ३ वर्षभन्दा बढी भएको र उनले काम गरेको पारिश्रमिक भने साहुले नियमित दिने गरेको दिनेशले बताए ।
“दीपावलीमा घर जाँदा साहुले बुबालाई पैसा दिन्छन्”, उनले भने । उनले काम गर्ने पसल हँुदै विद्यालय जाँदै गरेका उनको उमेरका साथी देख्दा विद्यालय जान पाए हुन्थ्यो भन्ने लागेको उनले बताए ।
गजुल–१ रोल्पाका अर्का १३ वर्षीय बालक गोविन्द विक लिवाङमै रहेको अर्को एक रेस्टुरेन्टमा काम गर्छन् । उनले काम गरेबापत मासिक रु पाँच हजार पारिश्रमिकसमेत पाउँदै आएका छन् । काम गर्न लागेको पाँच महिना भयो, साहुले महिना मर्ने बित्तिकै पैसा दिने गरेको विकले बताए ।
घरमा आर्थिक अवस्था निकै कमजोर छ, यही पैसाले घर खर्च चलेको विकले अगाडि थपे । बुबा वैदेशिक रोजगारीमा रहेपनि बुबाको कमाईले मात्र परिवार पाल्न निकै समस्या भएका कारण काम गर्न वाध्य भएको उनले वताए ।
धवाङ–२ रोल्पाकी १२ वर्षीया वीरमती सुनार अर्की बालश्रमिक हुन् । उनले सदरमुकाममा रहेको एक पसलमा काम गर्छिन् । उनलाई काम गरेबापत साहुले मासिक रु चार हजार पारिश्रमिक दिने गर्दछन् । पारिश्रमिक पाउने बित्तिकै उनले सबै पैसा घर पठाउँछिन् भने कहिलेकाहीँ त महिना सकिने बित्तिकै घरवाट पैसा लिन आउने गरेको उनको भनाइ छ ।
यसरी बालश्रमिकका रुपमा काम गर्ने बालबालिकाको सङ्ख्या रोल्पा सदरमुकाम लिवाङमा मात्रै १९ बालक र नौ बालिका गरी २८ जना रहेको जिल्ला बाल कल्याण समिति रोल्पाका बाल संरक्षण निरीक्षक कपिलदेव भण्डारीले जानकारी दिनुभयो ।
यसरी काम गर्ने होटेलमा १३, फेन्सी स्टोरमा तीन, फर्निचरमा दुई, घरेलु कामदार सात, मोटर वर्कसपमा तीनजना रहेको भण्डारीले बताउनुभयो । स्रोत अभावका कारण सदरमुकाममा रहेका बालश्रमिकको मात्रै तथ्याङ्क लिएको बताउँदै जिल्लाका सबै गाविसमा बालश्रमिकको सङ्ख्या धेरै हुनसक्ने भण्डारीले बताउनुभयो ।
विद्यालय उमेरका तर विद्यालयको पहुँच नभएका जिल्लाका विभिन्न १५ गाविसका बालश्रमिकलाई मानवअधिकार सचेतन केन्द्र, रोल्पाले सेभ द चिल्ड्रेनको सहयोगमा अघिल्लो वर्ष तीनसय ५१ र यस वर्ष एकसय १३ जना वालबालिकालाई वैकल्पिक शिक्षा दिएको एकीकृत परियोजनाका कार्यक्रम संयोजक कुमार पोख्रेलले जानकारी दिनुभयो ।
पढाइ छोडेका, इँटा भट्टाबाट फर्किएका तथा आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जान नसकेका बालबालिकालाई वैकल्पिक शिक्षा दिएको पोख्रेलले बताउनुभयो ।
बालश्रम न्यूनीकरणका लागि स्थानीय स्रोतसाधनको परिचालन गरेर विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला बाल सङ्गठनका कोषाध्यक्ष वेगमकुमार हमालले बताउनुभयो ।
असहाय तथा अनाथ बालवालिकालाई पठनपाठन र छात्रवृत्तिका लागि केन्द्रीय बालकल्याण समितिमा सिफारिस गर्दै आएको उहाँले जानकारी दिनुभयो । बालश्रमिक न्यूनीकरणमा हरेक वर्ष सरकारी एवम् गैरसरकारी निकायवाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएपनि यसको न्यूनीकरण हुन नसक्नु दुःखद पक्ष रहेको मानवअधिकारकर्मी तीर्था आचार्यले प्रतिक्रिया दिनुभयो । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












