कारागारमै उद्यम गरेर मासिक रु २५ हजार
चैत २६ , सल्यान । कैदीबन्दीले जिल्ला कारागारभित्रै विभिन्न उद्यम गरी मासिक रु २५ हजार बढी आम्दानी गर्न थालेका छन् ।
कैदीबन्दीले मुढा, टोकरी आदि बाँसजन्य सामग्री उत्पादन गरिरहेका छन् । कैदीबन्दीले दिनभरि बाँसबाट बन्ने मुढा, टोकरी, डालो, ढाँकाको टोपीलगायत सामग्री तयार गर्ने गरेको जिल्ला कारागार सल्यानका प्रमुख विक्रम केसीले बताए । कैदीले मासिक रु २५ हजारभन्दा बढी उनीहरुले उत्पादन गरेका वस्तु बिक्री गरेर नै कमाउने गरेका छन् ।
सामग्री उत्पादन गर्नका लागि आवश्यक पर्ने बाँसलगायत कच्चा पदार्थ जिल्ला कारागार सल्यानको पहलमा ल्याउने गरिएको छ । “कारागाभित्र दिनभर यसै बस्नुभन्दा उत्पादनका काम गरे उनीहरुलाई पनि फाइदा हन्छ जेलजीवन सकिएपछि पनि व्यवसाय सञ्चालन गर्न सक्छन्”, केसीले भने ।
कारागारमा धेरै कैदी रहेको र आफूले जानेको सीप नयाँ आएका कैदीलाई पनि सिकाउने गरेको २४ वर्षीय कैदी महेन्द्र थापाले भने । आफूहरुले कमाएको पैसाले आफूहरुलाई चाहिने खर्च टार्ने गरेको र कतिपयले घरमा समेत पठाउने गरेका छन् । कैदी थापाले आफूहरुलाई कसैले अझ यसबारेमा तालिम लिने हो भने धेरै कमाउन सक्ने जिकिर गरेका छन् ।
कैदीले उत्पादन गरेका वस्तुको बजारको समस्या भने नरहेको केसीले बताउनुभयो । कैदीका उत्पादन खलङ्गा, श्रीनगरलगायत बजारमा जाने गरेको र कतिपयले कारागारमै पुगेर किनेर लैजाने गरेका छन् । हाल जिल्ला कारागार सल्यानमा ६५ कैदी र २२ बन्दी छन् ।
यसैबीच जिल्ला कारागारका कैदीले जिल्ला कारागारमा पुस्तकालयको स्थापना गरिदिन विभिन्न निकायलाई आग्रह गरेका छन् । कारागारभित्र आफूहरुलाई दिन काट्नै मुस्किल हुने हुँदा कसैले पुस्तक कारागारमा उपलब्ध गराएमा आफूहरुलाई सजिलो हुने कैदीले बताएका छन् । केसीले कारागारमा पुस्तकालय स्थापनाका लागि पहल गरिदिन सबैमा आग्रह गरे । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












