कारागारमै उद्यम गरेर मासिक रु २५ हजार
चैत २६ , सल्यान । कैदीबन्दीले जिल्ला कारागारभित्रै विभिन्न उद्यम गरी मासिक रु २५ हजार बढी आम्दानी गर्न थालेका छन् ।
कैदीबन्दीले मुढा, टोकरी आदि बाँसजन्य सामग्री उत्पादन गरिरहेका छन् । कैदीबन्दीले दिनभरि बाँसबाट बन्ने मुढा, टोकरी, डालो, ढाँकाको टोपीलगायत सामग्री तयार गर्ने गरेको जिल्ला कारागार सल्यानका प्रमुख विक्रम केसीले बताए । कैदीले मासिक रु २५ हजारभन्दा बढी उनीहरुले उत्पादन गरेका वस्तु बिक्री गरेर नै कमाउने गरेका छन् ।
सामग्री उत्पादन गर्नका लागि आवश्यक पर्ने बाँसलगायत कच्चा पदार्थ जिल्ला कारागार सल्यानको पहलमा ल्याउने गरिएको छ । “कारागाभित्र दिनभर यसै बस्नुभन्दा उत्पादनका काम गरे उनीहरुलाई पनि फाइदा हन्छ जेलजीवन सकिएपछि पनि व्यवसाय सञ्चालन गर्न सक्छन्”, केसीले भने ।
कारागारमा धेरै कैदी रहेको र आफूले जानेको सीप नयाँ आएका कैदीलाई पनि सिकाउने गरेको २४ वर्षीय कैदी महेन्द्र थापाले भने । आफूहरुले कमाएको पैसाले आफूहरुलाई चाहिने खर्च टार्ने गरेको र कतिपयले घरमा समेत पठाउने गरेका छन् । कैदी थापाले आफूहरुलाई कसैले अझ यसबारेमा तालिम लिने हो भने धेरै कमाउन सक्ने जिकिर गरेका छन् ।
कैदीले उत्पादन गरेका वस्तुको बजारको समस्या भने नरहेको केसीले बताउनुभयो । कैदीका उत्पादन खलङ्गा, श्रीनगरलगायत बजारमा जाने गरेको र कतिपयले कारागारमै पुगेर किनेर लैजाने गरेका छन् । हाल जिल्ला कारागार सल्यानमा ६५ कैदी र २२ बन्दी छन् ।
यसैबीच जिल्ला कारागारका कैदीले जिल्ला कारागारमा पुस्तकालयको स्थापना गरिदिन विभिन्न निकायलाई आग्रह गरेका छन् । कारागारभित्र आफूहरुलाई दिन काट्नै मुस्किल हुने हुँदा कसैले पुस्तक कारागारमा उपलब्ध गराएमा आफूहरुलाई सजिलो हुने कैदीले बताएका छन् । केसीले कारागारमा पुस्तकालय स्थापनाका लागि पहल गरिदिन सबैमा आग्रह गरे । रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












