आगलागीबाट ५० घर नष्ट
लहान, २९ चैत । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित बस्तीमा गएराति भएको भीषण आगलागीमा ५० घर जलेर नष्ट भएका छन् ।
स्थानीयवासी हरिनारायण मण्डल (खत्वे)को परालको थुप्राबाट आगो सल्केर सोमबार साँझ ५ बजेदेखि सुरु भएको आगलागी वारुणयन्त्रको सहयोगमा स्थानीयवासी र प्रहरीको अथक प्रयासबाट राति ९ बजेतिर मात्र नियन्त्रणमा आएको थियो । आगलागीबाट स्थानीय ३५ परिवारका घर जलेर नष्ट भएको इप्रका, महेशबारी सिरहाका प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिनुभयो ।
आगलागीमा परी चार गोरु, आठ बाख्रा तथा स्थानीयवासीको घरमा भएका गरगहना, फर्निचर, खाद्यान्न, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा करिब रु डेढ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीलगत्तै लहान, सिरहा र राजविराज नगरपालिकाका वारुणयन्त्रलाई खबर गरिए पनि वारुणयन्त्र ढिलो गरी आएकाले आगलागीबाट ठूलो धनजनको क्षति भएको स्थानीयवासी रामानन्द यादवले गुनासो गर्नुभयो ।
यसैगरी सिरहाको कल्याणपुर नगरपालिका–७ स्थित धु्रवतारा बोर्डिङ स्कुलमा गए राति १२ बजेतिर भएको आगलागीमा रु तीन लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागीबाट स्कुलको भवन तथा फर्निचरसमेत जलेर नष्ट भएको प्रहरी चौकी, भेडियाले जनाएको छ । रासस
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...












