पदको जिद्दी कसैले नगरौं : नवनियुक्त महानिरीक्षक अर्याल
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जसरी पनि पद आफूले नै पाउनुपर्छ भन्ने जिद्दी कसैले पनि गर्न नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रहरी नायव महानिरीक्षक ‘डिआइजी’ नवराज सिलवालतर्फ लक्षित गर्दै महानिरीक्षक अर्यालले सो कुरा बताएका हुन् । अर्याललाई सरकारले सोमबार महानिरीक्षकमा नियुक्त गरेको हो ।
डिआइजी सिलवालले आफूलाई आइजिपी नबनाएपछि पटक-पटक सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै आएका छन् ।
अर्यालले आफू संगठनको बफादार सिपाही भएको र आफूजस्तै करिब ७५ हजार कर्मचारी प्रहरी सङ्गठनको व्याचको टपर भएपनि जयबहादुर चन्दलाई आईीज्पी बनाउने निर्णयलाई अन्यथा नलिएको बताए ।
उनले आफू मुलुकको जुनसुकै ठाउँमा बसेर काम गरेको वताउँदै सर्वोच्च अदालतले दुई जना डीआइजीको मात्र कार्यसम्पादन मूल्याङन फाइल मगाउँदा मलाई असहज लागेको वताए । त्यसैले आफ्नो पनि कार्यसम्पादन मुल्याङ्कन हेरियोस् भनी रिट हालेको जानकारी दिए । उनले भने, ‘सर्वोच्चले मेरो चाहना सम्बोधन हुने देखेपछि रिट फिर्ता लियो । ’
सरकारले मलाई महानिरीक्षक बनाएको छ । यसलाई आश्चर्यभन्दा बढी मेरो कामको सम्मान गरेको मैले बुझेको छु । संगठनमा महानिरीक्षक बन्ने हरेको सपना हुन्छ । तर,सबै सपना पूरा हुँदैनन् । कहिलेकाहीं ‘बेस्ट’ले पनि पाउँदैनन् । तर, मैले नै पाउनुपर्छ, जसरी पनि मै हुनुपर्छ भन्ने जिद्दी गर्न नहुने अर्यालको भनाई छ ।
सधै आफूलार्इ भन्दा कामलाई बढी प्राथमिकता दिएका कारण आफू ओझेलमा परेको उनले बताए । साथै उनले आगामी दिनहरुपमा पनि जनतालाई शान्तिसुरक्षाको प्रत्याभूती दिलाउने बताए ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












