नेपाली सेना उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा स्थापित : प्रधानमन्त्री दाहाल
भक्तपुर, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताउनुभएको छ ।
भक्तपुरको खरीपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित सि.सं ५५ अधिकृत क्याडेट तालिम र सि.सं ४५ पदिक÷हुँद्दा क्याडेट तालिममा सहभागीलाई आयुक्त पद प्रदान कार्यक्रममा प्रधानमन्त्रीले राज्यको निर्दिष्ट सिद्धान्तको पालना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सेवक भई आफूलाई सुम्पिएको जिम्मेवारी उदाहरणीय रुपमा प्रस्तुत गर्न सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्र र राष्ट्रवासीका खातिर सगर्व समर्पित रहनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शान्ति स्थापना गर्ने कार्यमा अनुकरणीय योगदान दिँदै सेनाले नेपाल र नेपालीको पहिचान र साहसलाई विश्वसामु परिचित गराउन कुनै कसर बाँकी राखेको छैन ।”
आफ्नो पेसासँग मात्र आबद्ध नभई नेपाली जनता र मुलुकप्रति सदासर्वदा समर्पित र प्रतिबद्ध रहँदै राष्ट्रिय विपत्ति र सङ्कटका घडीमा समेत अग्रस्थानमा रही इमान्दार र पेसेवर ढङ्गबाट उत्कृष्टता प्रदर्शन गर्न नेपाली सेना सक्षम रहेको उहाँले उल्लेख गर्नुभयो ।
नेपाली सेनाको व्यावसायिक उत्कृष्टताको सञ्चार अब विदेशी सेनाको माझसमेत अनुकरणीय बनेको कुरा नेपालको शिक्षण संस्थानमा हालैका दिनमा भएका विदेशी शिक्षार्थी आदान–प्रदानबाट प्रस्ट भएको प्रधानमन्त्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सैनिक जिम्मेवारी, बफादारी र अनुशासनलाई हृदयङ्गम गरी गौरवशाली इतिहास बोकेको नेपाली सेनाको अधिकृतका रुपमा आफ्नो दायित्व र जिम्मेवारीप्रति सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ रही बलिदान गर्नु परेमा पनि कर्तव्यपथमा सदैव अडिग रही समर्पित रहनेछ ।”
कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँड, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतको सहभागिता रहेको थियो ।
उत्कृष्टलाई सम्मान
दुई वर्षे सो तालिममा उत्कृष्ट भएकालाई प्रधानमन्त्रीले कार्यक्रममा सम्मान गर्नुभएको थियो ।
सि.सं ५५ अधिकृत क्याडेट तालिममा पुरुषतर्फ नवलपरासी, दुम्कीबासका दीपेन्द्र बराल, महिलातर्फ मनमैजु, काठमाडौँका करिश्मा मानन्धर र अन्तर्राष्ट्रिय अधिकृत क्याडेटतर्फ बङ्गलादेशका एम.डी. मनिरुजमान सर्वोत्कृष्ट हुनुभयो ।त्यसैगरी सिसं ४५ का पदिक÷हुद्दा क्याडेट तालिममा काठमाडौँ, नागार्जुनका अमित लामा सर्वोत्कृष्ट हुनुभयो ।
मित्रराष्ट्र केन्या र बङ्गलादेशका शिक्षार्थी सहभागी भएको सो तालिममा सि.सं ५५ अधिकृत क्याडेटतर्फ १२ महिलासहित एक सय १३ जना र सि.सं ४५ पदिक/हुद्दा क्याडेट तालिममा १८ जना नेपाली प्रशिक्षार्थी सहभागी थिए । रासस
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...












