‘कर्म’को विशेष परिचर्चा सहित दोस्रो संस्करण सार्वजनिक
काठमाडौं । पत्रकार दामोदर न्यौपानेद्वारा लिखित बालबालिका सम्बन्धी संस्मरणात्मक प्रबन्ध पुस्तक ‘कर्म–सिकाईमा गहिरिएको खाडल’ को दोस्रो संस्करण सार्वजनिक तथा परिचर्चा गरिएको छ ।
नयाँ वर्षको अवसरमा राजधानीमा स्वदेश प्रकाशनले आयोजना गरेको विमोचन तथा परिचर्चा कार्यक्रममा साहित्यकार श्रीराम राई, पत्रकारद्वय नेत्र तामाङ, रमेश दवाडी, बाल अभियन्ता तथा गजलकार पूर्णिमा पराजुली, सफलता भण्डारीलगायतले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनीहरुले पुस्तकका बलिया र कमजोर पक्षबारे समिक्षा गरे ।
साहित्यकार घनबहादुर थापाले यो पुस्तक पढेर आफूले बालबालिकालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार परिवर्तन गरेको प्रतिक्रिया दिए । ‘पुस्तक पढ्दै जाँदा आफैंलाई सम्झिएँ, उनले भने, ‘बालबालिकालाई असल बाटोमा हिंडाउन यो पुस्तकले टायरको काम गरेको छ । यो किताब अघि टायर चेकै नगरी बालबालिकाको गाडी सिधै कुदाउन खोजें । यो पुस्तकले टायर चेक गर्न सिकाएको छ ।’
संस्कृतिकर्मी गोविन्द न्यौपानेले बालबालिकासँग नजिक रहेर एक युगको बालबालिकको अवस्था देखाइएको प्रतिक्रिया दिए । त्यस्तै बालअधिकारकर्मी सुजन अधिकारीले सूचनाको संग्रह नै भएकाले बालबालिकाको क्षेत्रमा काम गर्नेको लागि हाते पुस्तक भएको प्रतिक्रिया दिए ।
लघुकथा समाज खोटाङका अध्यक्ष श्रीराम राईले तल्लो वर्ग र सिमान्तकृत समुदाय, पिछडिएको क्षेत्रको इतिहास भएको प्रतिक्रिया दिए । ‘यो पुस्तक पढ्न शुरु गरेपछि छोड्नै मन लाग्दैन,’ राईले भने, ‘पढ्न संस्कृति बढाउन यस्ता पुस्तक उपहार दिनु पर्छ ।’ राईले उच्च शिक्षा अध्ययन गर्नेको लागि शोधग्रन्थ तयार गर्न उपयुक्त पुस्तक भएको बताए । ‘पुस्तकले हाम्रो व्यवहार कस्तो हुने भनेर सिकाउँछ,’ राईले भने, ‘हामी खानको लागि काम गछौं । तर, कसरी खाने भनेर जान्दैनौं । पकाएर खान जान्दैनौं । यो पुस्तकले पकाएर खान सिकाउँछ ।’
पत्रकार नेत्र तामाङले आफूले पनि यस्तो पुस्तक लेख्न चाहेको तर लेख्न नसकेकोमा डाह लागेको प्रतिक्रिया दिए । ‘यो पुस्तक बालबालिकाको लागि हो भन्दा रिस उठ्न थालेको छ,’ तामाङले भने, ‘यो पुस्तक ठूलाले पनि पढ्नु पर्छ । प्रकाशक यस्ता विषयमा लगानी गर्न डराउछन् । तर लगानी गर्नु पर्ने विषय नै यस्तै हुन् ।’
अर्का पत्रकार रमेश दवाडीले यो पुस्तक पढेपछि आफूले बालबालिकलाई माया गर्न लागेको वताउँदै दवाडीले यो पुस्तक पढेपछि आफू पनि बालबालिकालाई झन् बढी माया गर्न थालेको प्रतिक्रिया दिए । ‘किताब पढ्दै जाँदा एका एक माइन्ड चेन्ज हुन्छ,’ दवाडीले भने, ‘यो लेखकको ठूलो खुबी हो ।’
कञ्चनपुरका धिरज जोशीले पुस्तकमा समस्याका कारण देखाइएको र औषधीमुलोको पनि व्यवस्था गरिएको बताए ।
त्यस्तै गजलकार पूर्णिमा पराजुलीले युवाअवस्थामा कोर्सबाहिरका पुस्तकलाई अभिभावकले कडाई गरेको अवस्थामा कर्म भने पठनीय रहेको बताइन् ।
संस्कृतिकर्मी गोविन्द न्यौपानेले बालबालिकासंग नजिक रहेर एक युगको बालबालिकको अवस्था देखाइएको प्रतिक्रिया दिए । त्यस्तैगरी प्रकाशक ऋषिराम पाण्डले सबैले बालबालिकाको विषयमा चासो दिएकाले छोटो अवधिमा नयाँ संस्करण निकाल्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘माग अनुसार हामीले पुस्तक पठाउन सकेका थिएनौं । अब भने माग धान्नेमा आशावादी छौं ।’
त्यस्तै पुस्तकको दोस्रो संस्करण प्रकाशित हुनुको कारण वताउँदै पत्रकार तथा लेखक दामोदर न्यौपानेले बालबालिकालाई समाजले चासो राखेको छ । सोही कारण पुस्तक सबैले मन पराएको वताए । न्यौपानेले भने,‘पछिल्लो समयमा समाजले बालबालबालिकाको आवाज सुन्न र उनीहरुलाई बुझ्न थालेका छन् ।’
पुस्तकमा पहिलो संस्करणमा देखिएका कमीकमजोरी सच्याईएको छ । ‘बालमैत्री समाज’ नयाँ अध्याय थप गरिएको छ । पुस्तकमा लगभग ६० पेज थपिएको लेखक न्यौपानेले जानकरी दिए ।
पहिलो संस्करण प्रकाशित भएको छोटो समयमानै बजारमा पुस्तक सकियो । त्यसपछि दोस्रो संस्करण प्रकाशित गर्ने तयारी भयो लेखक न्यौपानेले भने, ‘दोस्रो संस्करणका लागि पुस्तक माघमै तयार भएको थियो तर छापिन ढिला भयो ।’
बालबालिकालाई लक्षित गरेर लेखिएको यो पुस्तक बालबालिकासँग सम्बन्धित रही सेवा गर्दै आएकाहरुको वृत्तमा बढी चर्चामा छ । विषय बालबालिकाको भए पनि अभिभावक र शिक्षकका लागि आफ्नो अनुभव, भ्रमण र प्रत्यक्ष भेटघाटका घटनाहरुलाई उनेर कर्म तयार पारिएको लेखक न्यौपानेले बताए । बालबालिका हेपिएका वर्ग भएको र तिनको स्वरलाई बुलन्द पार्न किताब लेखिएको न्यौपानेको भनाई छ ।
बालक्लब संजाल सिन्धुपाल्चोकका पूर्व अध्यक्ष सजीव न्यौपाने, बालक्लब संजाल सिन्धुपाल्चोककी सल्लाहकार सफलता भण्डारी, बालक्लब कन्चनपुरका अध्यक्ष धिरज जोशी लगायतले पुस्तकको सवल र कमजोर पक्ष बारे आआफ्नो धारणा राखेका थिए ।
नयाँ साजसज्जा र थप सामग्रीसहित दोस्रो संस्करण आएको हो । पुस्तकको पृष्ठ बढे पनि मुल्य भने बढेको छैन । पुस्तकको साजसज्जा पनि परिवर्तन गरिएको छ । पत्रकार न्यौपानेको ‘कर्म’ दोस्रो कृति हो । उनको पहिलो कृति ‘एम्बुसमा ६ बर्ष’ हो । शसस्त्र द्वन्द्वकालमा लेखिएको उक्त पुस्तक पत्रकारिताका विद्यार्थी र पत्रकारले रुचाएका छन् ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












