‘कर्म’को विशेष परिचर्चा सहित दोस्रो संस्करण सार्वजनिक
काठमाडौं । पत्रकार दामोदर न्यौपानेद्वारा लिखित बालबालिका सम्बन्धी संस्मरणात्मक प्रबन्ध पुस्तक ‘कर्म–सिकाईमा गहिरिएको खाडल’ को दोस्रो संस्करण सार्वजनिक तथा परिचर्चा गरिएको छ ।
नयाँ वर्षको अवसरमा राजधानीमा स्वदेश प्रकाशनले आयोजना गरेको विमोचन तथा परिचर्चा कार्यक्रममा साहित्यकार श्रीराम राई, पत्रकारद्वय नेत्र तामाङ, रमेश दवाडी, बाल अभियन्ता तथा गजलकार पूर्णिमा पराजुली, सफलता भण्डारीलगायतले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनीहरुले पुस्तकका बलिया र कमजोर पक्षबारे समिक्षा गरे ।
साहित्यकार घनबहादुर थापाले यो पुस्तक पढेर आफूले बालबालिकालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार परिवर्तन गरेको प्रतिक्रिया दिए । ‘पुस्तक पढ्दै जाँदा आफैंलाई सम्झिएँ, उनले भने, ‘बालबालिकालाई असल बाटोमा हिंडाउन यो पुस्तकले टायरको काम गरेको छ । यो किताब अघि टायर चेकै नगरी बालबालिकाको गाडी सिधै कुदाउन खोजें । यो पुस्तकले टायर चेक गर्न सिकाएको छ ।’
संस्कृतिकर्मी गोविन्द न्यौपानेले बालबालिकासँग नजिक रहेर एक युगको बालबालिकको अवस्था देखाइएको प्रतिक्रिया दिए । त्यस्तै बालअधिकारकर्मी सुजन अधिकारीले सूचनाको संग्रह नै भएकाले बालबालिकाको क्षेत्रमा काम गर्नेको लागि हाते पुस्तक भएको प्रतिक्रिया दिए ।
लघुकथा समाज खोटाङका अध्यक्ष श्रीराम राईले तल्लो वर्ग र सिमान्तकृत समुदाय, पिछडिएको क्षेत्रको इतिहास भएको प्रतिक्रिया दिए । ‘यो पुस्तक पढ्न शुरु गरेपछि छोड्नै मन लाग्दैन,’ राईले भने, ‘पढ्न संस्कृति बढाउन यस्ता पुस्तक उपहार दिनु पर्छ ।’ राईले उच्च शिक्षा अध्ययन गर्नेको लागि शोधग्रन्थ तयार गर्न उपयुक्त पुस्तक भएको बताए । ‘पुस्तकले हाम्रो व्यवहार कस्तो हुने भनेर सिकाउँछ,’ राईले भने, ‘हामी खानको लागि काम गछौं । तर, कसरी खाने भनेर जान्दैनौं । पकाएर खान जान्दैनौं । यो पुस्तकले पकाएर खान सिकाउँछ ।’
पत्रकार नेत्र तामाङले आफूले पनि यस्तो पुस्तक लेख्न चाहेको तर लेख्न नसकेकोमा डाह लागेको प्रतिक्रिया दिए । ‘यो पुस्तक बालबालिकाको लागि हो भन्दा रिस उठ्न थालेको छ,’ तामाङले भने, ‘यो पुस्तक ठूलाले पनि पढ्नु पर्छ । प्रकाशक यस्ता विषयमा लगानी गर्न डराउछन् । तर लगानी गर्नु पर्ने विषय नै यस्तै हुन् ।’
अर्का पत्रकार रमेश दवाडीले यो पुस्तक पढेपछि आफूले बालबालिकलाई माया गर्न लागेको वताउँदै दवाडीले यो पुस्तक पढेपछि आफू पनि बालबालिकालाई झन् बढी माया गर्न थालेको प्रतिक्रिया दिए । ‘किताब पढ्दै जाँदा एका एक माइन्ड चेन्ज हुन्छ,’ दवाडीले भने, ‘यो लेखकको ठूलो खुबी हो ।’
कञ्चनपुरका धिरज जोशीले पुस्तकमा समस्याका कारण देखाइएको र औषधीमुलोको पनि व्यवस्था गरिएको बताए ।
त्यस्तै गजलकार पूर्णिमा पराजुलीले युवाअवस्थामा कोर्सबाहिरका पुस्तकलाई अभिभावकले कडाई गरेको अवस्थामा कर्म भने पठनीय रहेको बताइन् ।
संस्कृतिकर्मी गोविन्द न्यौपानेले बालबालिकासंग नजिक रहेर एक युगको बालबालिकको अवस्था देखाइएको प्रतिक्रिया दिए । त्यस्तैगरी प्रकाशक ऋषिराम पाण्डले सबैले बालबालिकाको विषयमा चासो दिएकाले छोटो अवधिमा नयाँ संस्करण निकाल्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘माग अनुसार हामीले पुस्तक पठाउन सकेका थिएनौं । अब भने माग धान्नेमा आशावादी छौं ।’
त्यस्तै पुस्तकको दोस्रो संस्करण प्रकाशित हुनुको कारण वताउँदै पत्रकार तथा लेखक दामोदर न्यौपानेले बालबालिकालाई समाजले चासो राखेको छ । सोही कारण पुस्तक सबैले मन पराएको वताए । न्यौपानेले भने,‘पछिल्लो समयमा समाजले बालबालबालिकाको आवाज सुन्न र उनीहरुलाई बुझ्न थालेका छन् ।’
पुस्तकमा पहिलो संस्करणमा देखिएका कमीकमजोरी सच्याईएको छ । ‘बालमैत्री समाज’ नयाँ अध्याय थप गरिएको छ । पुस्तकमा लगभग ६० पेज थपिएको लेखक न्यौपानेले जानकरी दिए ।
पहिलो संस्करण प्रकाशित भएको छोटो समयमानै बजारमा पुस्तक सकियो । त्यसपछि दोस्रो संस्करण प्रकाशित गर्ने तयारी भयो लेखक न्यौपानेले भने, ‘दोस्रो संस्करणका लागि पुस्तक माघमै तयार भएको थियो तर छापिन ढिला भयो ।’
बालबालिकालाई लक्षित गरेर लेखिएको यो पुस्तक बालबालिकासँग सम्बन्धित रही सेवा गर्दै आएकाहरुको वृत्तमा बढी चर्चामा छ । विषय बालबालिकाको भए पनि अभिभावक र शिक्षकका लागि आफ्नो अनुभव, भ्रमण र प्रत्यक्ष भेटघाटका घटनाहरुलाई उनेर कर्म तयार पारिएको लेखक न्यौपानेले बताए । बालबालिका हेपिएका वर्ग भएको र तिनको स्वरलाई बुलन्द पार्न किताब लेखिएको न्यौपानेको भनाई छ ।
बालक्लब संजाल सिन्धुपाल्चोकका पूर्व अध्यक्ष सजीव न्यौपाने, बालक्लब संजाल सिन्धुपाल्चोककी सल्लाहकार सफलता भण्डारी, बालक्लब कन्चनपुरका अध्यक्ष धिरज जोशी लगायतले पुस्तकको सवल र कमजोर पक्ष बारे आआफ्नो धारणा राखेका थिए ।
नयाँ साजसज्जा र थप सामग्रीसहित दोस्रो संस्करण आएको हो । पुस्तकको पृष्ठ बढे पनि मुल्य भने बढेको छैन । पुस्तकको साजसज्जा पनि परिवर्तन गरिएको छ । पत्रकार न्यौपानेको ‘कर्म’ दोस्रो कृति हो । उनको पहिलो कृति ‘एम्बुसमा ६ बर्ष’ हो । शसस्त्र द्वन्द्वकालमा लेखिएको उक्त पुस्तक पत्रकारिताका विद्यार्थी र पत्रकारले रुचाएका छन् ।
Comments
अरु समाचार
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...












