आँशिक प्राध्यापकले भेटे प्रधानमन्त्री र शिक्षा मन्त्री:समस्या समाधान गर्ने आश्वासन
काठमाडौँ, ३ बैशाख । नेपाल आंशिक प्राध्यापक संघले प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड र शिक्षा मन्त्री धनीराम पौडेललाई भेट गरी ज्ञापन पत्र बुभाएका छन् ।
सो ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले पर्सि कार्यालय खुल्नासाथै त्रिविका भीसी, शिक्षा मन्त्री तथा शिक्षा सचिवलाई सम्पर्कग गरी आंशिक प्राध्यापकहरूका समस्या तत्काल हल गर्न निर्देशन दिने बचन दिए । त्यसैगरी आज आँशिक प्राध्यापक सँघले शिक्षा मन्त्रीलाई पनि ज्ञापन पत्र बुझाएका छन् मन्त्रीले सकेसम्म समस्याको समाधान गर्ने प्रतिबद्दता जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ले आंशिक प्राध्यापकहरूका समस्या मार्मिक भएको आफूले अनुभूत गरेको पनि बताए ।उनले आंशिक प्राध्यापकहरूको समस्या समाधान गर्न आफू पहिलोपल्ट प्रधानमन्त्री भएका बेला २०६५ सालमा पहल गरेको तर अहिलेसम्म काम नभएको पाएर दुस्ख लागेको भन्दै यसबाट आफूले गम्भीरतापूर्वक अब यो समस्या तत्कालै समाधान गर्ने प्रतिबद्धता प्रकट गरे ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्मा, महासचिव नरेन्द्रप्रसाद भण्डारी लगायतका केन्द्रीय पदाधिकारी तथा प्राध्यापकहरू गरि ३० जना जति आंशिक प्राध्यापकहरूको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो ।
प्रतिनिधिमण्डलले यसअघि बारम्बार सरकार र त्रिविसँग भएका सम्झौता कार्यान्वयन नभएको स्मरण गराउँदै ती सम्झौताको तत्काल कार्यान्वयन गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । ती सम्झौताहरू कार्यान्वयन नगरिए कडा संघर्ष गर्ने चेतावनी नेपाल आंशिक प्राध्यापक संघकोप्रतिनिधिमण्डललेदिएको थियो ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको समेत उपस्थिति थियो ।
Comments
अरु समाचार
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...












