आँशिक प्राध्यापकले भेटे प्रधानमन्त्री र शिक्षा मन्त्री:समस्या समाधान गर्ने आश्वासन
काठमाडौँ, ३ बैशाख । नेपाल आंशिक प्राध्यापक संघले प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड र शिक्षा मन्त्री धनीराम पौडेललाई भेट गरी ज्ञापन पत्र बुभाएका छन् ।
सो ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले पर्सि कार्यालय खुल्नासाथै त्रिविका भीसी, शिक्षा मन्त्री तथा शिक्षा सचिवलाई सम्पर्कग गरी आंशिक प्राध्यापकहरूका समस्या तत्काल हल गर्न निर्देशन दिने बचन दिए । त्यसैगरी आज आँशिक प्राध्यापक सँघले शिक्षा मन्त्रीलाई पनि ज्ञापन पत्र बुझाएका छन् मन्त्रीले सकेसम्म समस्याको समाधान गर्ने प्रतिबद्दता जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ले आंशिक प्राध्यापकहरूका समस्या मार्मिक भएको आफूले अनुभूत गरेको पनि बताए ।उनले आंशिक प्राध्यापकहरूको समस्या समाधान गर्न आफू पहिलोपल्ट प्रधानमन्त्री भएका बेला २०६५ सालमा पहल गरेको तर अहिलेसम्म काम नभएको पाएर दुस्ख लागेको भन्दै यसबाट आफूले गम्भीरतापूर्वक अब यो समस्या तत्कालै समाधान गर्ने प्रतिबद्धता प्रकट गरे ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्मा, महासचिव नरेन्द्रप्रसाद भण्डारी लगायतका केन्द्रीय पदाधिकारी तथा प्राध्यापकहरू गरि ३० जना जति आंशिक प्राध्यापकहरूको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो ।
प्रतिनिधिमण्डलले यसअघि बारम्बार सरकार र त्रिविसँग भएका सम्झौता कार्यान्वयन नभएको स्मरण गराउँदै ती सम्झौताको तत्काल कार्यान्वयन गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । ती सम्झौताहरू कार्यान्वयन नगरिए कडा संघर्ष गर्ने चेतावनी नेपाल आंशिक प्राध्यापक संघकोप्रतिनिधिमण्डललेदिएको थियो ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको समेत उपस्थिति थियो ।
Comments
अरु समाचार
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...












