गोरखामा ६५ विद्यालय पुनःनिर्माण
गोरखा, ४ वैशाख । बारपाक केन्द्र रहेर गोरखा भूकम्प गएको दुई वर्ष पुग्नै लाग्दा भूकम्पले भत्काएका ४४३ विद्यालयमध्ये गोरखामा ६५ वटा विद्यालयमात्रै पुनःनिर्माण सम्पन्न भएको छ ।
तीनसय ७८ विद्यालय पुनःनिर्माण गर्न बाँकी रहेको बताउँदै जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले यो शैक्षिक सत्र पनि केही विद्यालयका विद्यार्थीले टहरोबाटै शिक्षा लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनुभयो ।
सरकार, दातृ निकाय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा १५१ वटा विद्यालयका भवन पुनःनिर्माण भइरहेका छन् । जिशिअ सुवेदीले भन्नुभयो – “विद्यालय पुनःनिर्माणका लागि स्रोत खोजिरहेका छाँै । ७५ वटा विद्यालय पुनःनिर्माणमा हालै स्रोत जुटेको छ ।” प्राथमिक तहका विद्यालयहरु पुनःनिर्माणमा स्रोत जुटाउन धौ–धौ परेको सुवेदीले दुखेसो गर्नुभयो ।
सुवेदीले भन्नुभयो – “१४४ वटा विद्यालय पुनःनिर्माण गर्न स्रोतको अभाव छ । दाताको खोजी गरे पनि भेटाइएन । अब सरकारी तवरबाटै ती विद्यालय बनाउनुपर्छ ।” गोरखामा १११ माध्यमिक र ६३ निमावि तहका विद्यालय छन् । शिक्षक सङ्ख्याभन्दा पनि कम विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको छ ।
भूकम्पपछि ५९ वटा विद्यालय नजिकका अर्को विद्यालयमा समायोजन गरिएको हो । जापानी सहयोग नियोगले २८ वटा, भारतीय दूतावासले ३५ वटा, चिनियाँ दूतावासले एउटा विद्यालय पुनःनिर्माण गरिदिने प्रतिबद्धता जनाएअनुसार काम सुरु गरेका छन् ।
शिक्षा विभागको सहयोगमा ३५२ वटा कोठा निर्माण गर्ने तयारी शिक्षा कार्यालयको छ । आउँदो शैक्षिकसत्रदेखि विद्यार्थी भूकम्प प्रतिरोधी विद्यालय भवनमा बसेर पठनपाठन गर्न पाउने सुवेदीले बताउनुभयो ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












