गोरखामा ६५ विद्यालय पुनःनिर्माण
गोरखा, ४ वैशाख । बारपाक केन्द्र रहेर गोरखा भूकम्प गएको दुई वर्ष पुग्नै लाग्दा भूकम्पले भत्काएका ४४३ विद्यालयमध्ये गोरखामा ६५ वटा विद्यालयमात्रै पुनःनिर्माण सम्पन्न भएको छ ।
तीनसय ७८ विद्यालय पुनःनिर्माण गर्न बाँकी रहेको बताउँदै जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले यो शैक्षिक सत्र पनि केही विद्यालयका विद्यार्थीले टहरोबाटै शिक्षा लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनुभयो ।
सरकार, दातृ निकाय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा १५१ वटा विद्यालयका भवन पुनःनिर्माण भइरहेका छन् । जिशिअ सुवेदीले भन्नुभयो – “विद्यालय पुनःनिर्माणका लागि स्रोत खोजिरहेका छाँै । ७५ वटा विद्यालय पुनःनिर्माणमा हालै स्रोत जुटेको छ ।” प्राथमिक तहका विद्यालयहरु पुनःनिर्माणमा स्रोत जुटाउन धौ–धौ परेको सुवेदीले दुखेसो गर्नुभयो ।
सुवेदीले भन्नुभयो – “१४४ वटा विद्यालय पुनःनिर्माण गर्न स्रोतको अभाव छ । दाताको खोजी गरे पनि भेटाइएन । अब सरकारी तवरबाटै ती विद्यालय बनाउनुपर्छ ।” गोरखामा १११ माध्यमिक र ६३ निमावि तहका विद्यालय छन् । शिक्षक सङ्ख्याभन्दा पनि कम विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको छ ।
भूकम्पपछि ५९ वटा विद्यालय नजिकका अर्को विद्यालयमा समायोजन गरिएको हो । जापानी सहयोग नियोगले २८ वटा, भारतीय दूतावासले ३५ वटा, चिनियाँ दूतावासले एउटा विद्यालय पुनःनिर्माण गरिदिने प्रतिबद्धता जनाएअनुसार काम सुरु गरेका छन् ।
शिक्षा विभागको सहयोगमा ३५२ वटा कोठा निर्माण गर्ने तयारी शिक्षा कार्यालयको छ । आउँदो शैक्षिकसत्रदेखि विद्यार्थी भूकम्प प्रतिरोधी विद्यालय भवनमा बसेर पठनपाठन गर्न पाउने सुवेदीले बताउनुभयो ।
Comments
अरु समाचार
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...












