पाथीभरा डाँडामा पम्पिङ प्रणालीबाट खानेपानी
तेह्रथुम, ११ वैशाख । गुराँस पर्यटनले प्रदेश नं १ मै चर्चित पर्यटकीय गन्तव्य बन्दै गएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित पाथीभरा देवीको मन्दिर परिसरमा खानेपानी पु¥याइएको छ ।
मन्दिरमा आउने दर्शनार्थी र पर्यटकलाई लक्षित गरी पम्पिङ प्रणालीबाट खानेपानी उपलब्ध गराइएको हो । सङ्खुवासभा र तेह्रथुमको सिमास्थित सो पाथीभरा मन्दिर परिसरमा यसअघि हावाबाट पानी जम्मा हुने प्रविधि जडान गरी खानेपानी उपलब्ध गराइएको थियो । तर सो प्रविधि बिग्रिएर खानेपानीको समस्या भएपछि जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयले पम्पिङ प्रणालीबाट पानी तानेर खानेपानी पु¥याएको हो ।
यस क्षेत्रमा यतिबेला गुराँस फुलेर डाँडाकाँडा सबै राताम्मे छन् । एकै ठाउँमा २८ प्रजातिका गुराँस अवलोकन गर्न पाउने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनेर पनि चिनिन्छ । गुराँस हेर्न आउने सबैजसो आन्तरिक तथा बाह्य पर्यटकले तीनजुरेस्थित पाथीभरा मन्दिरको दर्शन गर्छन् । मन्दिरमा दर्शन गरे ताप्लेजुङको ठूलो पाथीभरा जानु नपर्ने कथन भएकाले पनि यहाँ धेरै भक्तजन आउँछन् ।
पानी अभावले प्रयोगविहीन रहेका यहाँका ट्याङ्की, धारा र शौचालयसमेत प्रयोगमा आएका छन् । खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको रु १७ लाख र मन्दिर संरक्षण समितिको रु एक लाख लगानीमा गरी कुल रु १८ लाखको लागतमा खानेपानी पु¥याइएको मन्दिर संरक्षण समितिले जनाएको छ । खानेपानीको सुविधा भएपछि पर्यटकले वसन्तपुरदेखिनै पानी बोकेर जानुपर्ने बाध्यता हटेको छ । खानेपानीको सुविधा उपलब्ध भएपछि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिलेको घुर्मिसेका डिकबहादुर पौडेलले बताउनुभयो ।
उच्च क्षेत्र भए पनि पछिल्ला वर्षमा पानीका मुहान सुक्न थालेकाले समस्या भएको घुर्मिसेका व्यापारी युवराज खड्काले बताउनुभयो । “यो पदमार्ग भएर दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउँछन् । तीमध्ये सबैजसो पाथीभरा मन्दिरको दर्शन गरेरै जान्छन्, व्यापारी खड्काले भन्नुभयो ।
यहाँ रहेको पाथीभरा मन्दिरमा ताप्लेजुङको पाथीभराकै शिला ल्याएर स्थापित गरिएको स्थानीयको दाबी छ । यस पटक पनि नयाँ वर्षसँगै आउने पर्यटकको घुइँचो लागिरहेको स्थानीय दावा शेर्पाले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...











