नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा शान्तराज बिंडारी निर्वाचित
काठमाडौं, ११ बैशाख । नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा शान्तराज बिंडारी निर्वाचित भएका छन् । सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, माओवादी निकट प्रेस सेन्टर र युवराज विद्रोहीले नेतृत्व गरेको राजावादी पत्रकारहरुको गठबन्धनलाई पराजित गर्दै प्रेस चौतारीका उम्मेदवार बिंडारीले जित हासिल गरेका हुन् ।
एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी विरुद्ध सत्तारुढ नेपाली कांग्रेस, माओवादी, राप्रपा, राजावादी समुहको नेतृत्व गरेका युवराज विद्रोही समुह र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी निकटका संगठनहरुले काठमाडौं शाखाको चुनावमा गठबन्धन बनाएका थिए । सत्तारुढ गठबन्धनलाई ११ मतले पराजित गर्दै प्रेस चौतारीका उम्मेदवार बिंडारी विजयी भएका हुन् ।
बिंडारीका प्रतिद्वन्द्वी रामकृष्ण अधिकारी माओवादी निकट प्रेस सेन्टरका उम्मेदवार हुन् । उनी यसअघि पत्रकार महासंघ काठमाडौंमा प्रेस चौतारीसँगको गठबन्धनबाट सचिव निर्वाचित भएका थिए । सरकारमा माओवादी, कांग्रेस र राप्रपाको गठबन्धन बनेपछि काठमाडौंमा पत्रकार महासंघको चुनावमा पनि उनीहरुले संयुक्त प्यानल बनाएका थिए ।
पत्रकार महासंघको चुनावमा सत्तारुढ गठबन्धनको संयुक्त प्यानल बनेपछि एमाले निकट प्रेस चौतारीको विजय चुनौतीपूर्ण ठानिएको थियो । चौतारी काठमाडौंका अध्यक्ष लोकेन्द्र केसीले महासंघ चुनाव परिचालनको नेतृत्व गरेका थिए ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...











