दर्ताभएका २०४ हतियारमा २२ वटा मात्र सङ्कलन
रत्ननगर ( चितवन ) १३ वैशाख । स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखेर शुरु भएको हतियार सङ्कलन अभियान अन्तरगत चितवनमा अहिलेसम्म जम्मा २२ वटा हतियार सङ्कलन भएको छ ।
जिल्लामा दर्ता भएका २०४ वटा हतियार मध्ये आजसम्म २२ वटा हतियार मात्रै प्रहरीमा आईपुगेको चितवन प्रहरीले जनाएको छ । आईपुगेका हतियारमध्ये दुई वटा भरुवा बन्दुक भने दर्ता नभएका रहेको प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए ।
हतियार संकलन अभियान जारी रहेको जानकारी दिंदै उनले वैशाख १५ पछि भने प्रहरी परिचालन गरेर घरघरै खोजी अभियान चलाउने बताए ।
अहिलेसम्म कुल २०४ वटा हतियार दर्ता भएकामा ११५ वटा हतियार मात्रै नवीकरण भएको जिल्ला प्रशासन कार्यालयका नायव सब्बा हरिबाबु ढकालले जानकारी दिए ।
प्रहरीले गएको चैत महिनामा सूचना जारी गरी जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार र विष्फोटक पदार्थ बुझाउन निर्देशन दिएको थियो ।
निर्वाचनमा हतियारको प्रयोग हुन सक्ने भन्दै सम्भावित खतरा रोक्न प्रहरीले अहिले विभिन्न संकासपद क्षेत्रमा प्रहरी परिचालन गर्ने, सुराकीबाट सूचना संकलन गर्ने र सिमा नाका क्षेत्रमा निगरानी बढाउने गरेको प्रहरी उपरीक्षक दिपक थापाले बताए।
तोकिएको समयसिमा भित्र नबुझाई लुकाई छिपाई राखेको पाईएमा कानून अनुसार कारवाही हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । रासस
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












