दर्ताभएका २०४ हतियारमा २२ वटा मात्र सङ्कलन
रत्ननगर ( चितवन ) १३ वैशाख । स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखेर शुरु भएको हतियार सङ्कलन अभियान अन्तरगत चितवनमा अहिलेसम्म जम्मा २२ वटा हतियार सङ्कलन भएको छ ।
जिल्लामा दर्ता भएका २०४ वटा हतियार मध्ये आजसम्म २२ वटा हतियार मात्रै प्रहरीमा आईपुगेको चितवन प्रहरीले जनाएको छ । आईपुगेका हतियारमध्ये दुई वटा भरुवा बन्दुक भने दर्ता नभएका रहेको प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए ।
हतियार संकलन अभियान जारी रहेको जानकारी दिंदै उनले वैशाख १५ पछि भने प्रहरी परिचालन गरेर घरघरै खोजी अभियान चलाउने बताए ।
अहिलेसम्म कुल २०४ वटा हतियार दर्ता भएकामा ११५ वटा हतियार मात्रै नवीकरण भएको जिल्ला प्रशासन कार्यालयका नायव सब्बा हरिबाबु ढकालले जानकारी दिए ।
प्रहरीले गएको चैत महिनामा सूचना जारी गरी जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार र विष्फोटक पदार्थ बुझाउन निर्देशन दिएको थियो ।
निर्वाचनमा हतियारको प्रयोग हुन सक्ने भन्दै सम्भावित खतरा रोक्न प्रहरीले अहिले विभिन्न संकासपद क्षेत्रमा प्रहरी परिचालन गर्ने, सुराकीबाट सूचना संकलन गर्ने र सिमा नाका क्षेत्रमा निगरानी बढाउने गरेको प्रहरी उपरीक्षक दिपक थापाले बताए।
तोकिएको समयसिमा भित्र नबुझाई लुकाई छिपाई राखेको पाईएमा कानून अनुसार कारवाही हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । रासस
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











