बजारमा विषालु आँप उपभोक्ता मन्द विषको सिकार
वीरगन्ज, १४ वैशाख । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् ।
खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन÷भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । बिक्रीका लागि राखिएका यस्ता भारतीय आँपको परीक्षण नहँुदा उपभोक्ता विषाक्त आँप खान बाध्य देखिन्छन् । यसले गर्दा खाद्य बजार विषालु बन्दै गएको छ भने अर्कोतिर उपभोक्ता मन्द विषको सिकार भई विभिन्न रोगबाट प्रभावित भएको देखिन्छ ।
व्यापारीले बढी मुनाफा लिन भारतबाट आउने यस्ता काँचो आँपमा कारवाइड नामक रसायन राखेर २४ घन्टामै पकाएर बिक्रीका लागि राख्ने गर्दछन् । खासगरी छिमेकी मुलुक भारतको दिल्ली, चेन्नइबाट सीमावर्ती भारतको रक्सौलका व्यापारीले यस्ता आँप ल्याउने गरेको र ती आँप फुटकर भारतीय व्यापारी साइकलमा राखेर वीरगन्जको बजारमा बिक्री गर्दै आइरहेका छन् ।
पहँेलो, पाकेको, हेर्दा खाउँखाउँजस्तो लाग्ने आँप ठेलामा, साइकलमा राखेर वीरगन्ज बजारमा बिक्री गर्ने भारतीय व्यापारीको सङ्ख्या ५० भन्दा बढी रहेको भन्दै भारत मोतिहारीका दिनेश सहनी भन्छन्, “नेपाली सीमा क्षेत्रमा रहेको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट, भन्सार कर्मचारी र प्रहरीलाई रकम दिएर ती आँप वीरगन्जको बजारमा बिक्रीका लागि ल्याउने गर्दछु ।”
वीरगन्ज भन्सार नाकाबाट दैनिक रु पाँच लाख बराबरको १० क्विन्टल भारतीय आँप व्यापारीले भित्र्याउने गरेको वीरगन्ज भन्सारका एक कर्मचारीको भनाइ रहेको छ ।
वीरगन्जबजारमा छ्याप्ती–छ्याप्तीरुपमा कारवाइड नामक विषादी हालेर पकाएको आँप खान पनि विचार पु¥याउनुपर्ने उपभोक्ता शेषमन पण्डितको भनाइ छ । कारवाइड ९कार्बन० नामक रसायन प्रयोग गरी पकाएको आँप खानाले मानव स्वास्थमा प्रतिकूल असर पर्ने, पेट दुख्ने, आँखामा प्रभाव पार्ने, मुटुमा प्रभाव पार्ने, जिब्रो टर्रो हुने, स्वाद नआउने भएकाले यस्ता आँप खान सचेत हुनुपर्ने विचार चिकित्सकको छ ।
प्राकृतिकरुपमा पाक्नुभन्दा पहिले बढी आर्थिक लाभ लिन व्यापारीले रसायन हालेर कृत्रिमरुपमा आँप पकाउने गरेको र खुलेआम बिक्री गरेकाले यस्ता आँप खाँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा यस्ता आँप बिक्री वितरणमा सम्बन्धित निकायले रोक लगाउनुपर्ने वीरगन्जवासीको माग रहेको छ ।
भारतबाट आउने रसायन हालेर पकाएको यस्ता आँप अहिले वीरगन्ज बजारमा प्रतिकिलो रु सयदेखि दुई सयसम्ममा बिक्री हुने गरेको छ । रासस
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












