बजारमा विषालु आँप उपभोक्ता मन्द विषको सिकार
वीरगन्ज, १४ वैशाख । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् ।
खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन÷भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । बिक्रीका लागि राखिएका यस्ता भारतीय आँपको परीक्षण नहँुदा उपभोक्ता विषाक्त आँप खान बाध्य देखिन्छन् । यसले गर्दा खाद्य बजार विषालु बन्दै गएको छ भने अर्कोतिर उपभोक्ता मन्द विषको सिकार भई विभिन्न रोगबाट प्रभावित भएको देखिन्छ ।
व्यापारीले बढी मुनाफा लिन भारतबाट आउने यस्ता काँचो आँपमा कारवाइड नामक रसायन राखेर २४ घन्टामै पकाएर बिक्रीका लागि राख्ने गर्दछन् । खासगरी छिमेकी मुलुक भारतको दिल्ली, चेन्नइबाट सीमावर्ती भारतको रक्सौलका व्यापारीले यस्ता आँप ल्याउने गरेको र ती आँप फुटकर भारतीय व्यापारी साइकलमा राखेर वीरगन्जको बजारमा बिक्री गर्दै आइरहेका छन् ।
पहँेलो, पाकेको, हेर्दा खाउँखाउँजस्तो लाग्ने आँप ठेलामा, साइकलमा राखेर वीरगन्ज बजारमा बिक्री गर्ने भारतीय व्यापारीको सङ्ख्या ५० भन्दा बढी रहेको भन्दै भारत मोतिहारीका दिनेश सहनी भन्छन्, “नेपाली सीमा क्षेत्रमा रहेको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट, भन्सार कर्मचारी र प्रहरीलाई रकम दिएर ती आँप वीरगन्जको बजारमा बिक्रीका लागि ल्याउने गर्दछु ।”
वीरगन्ज भन्सार नाकाबाट दैनिक रु पाँच लाख बराबरको १० क्विन्टल भारतीय आँप व्यापारीले भित्र्याउने गरेको वीरगन्ज भन्सारका एक कर्मचारीको भनाइ रहेको छ ।
वीरगन्जबजारमा छ्याप्ती–छ्याप्तीरुपमा कारवाइड नामक विषादी हालेर पकाएको आँप खान पनि विचार पु¥याउनुपर्ने उपभोक्ता शेषमन पण्डितको भनाइ छ । कारवाइड ९कार्बन० नामक रसायन प्रयोग गरी पकाएको आँप खानाले मानव स्वास्थमा प्रतिकूल असर पर्ने, पेट दुख्ने, आँखामा प्रभाव पार्ने, मुटुमा प्रभाव पार्ने, जिब्रो टर्रो हुने, स्वाद नआउने भएकाले यस्ता आँप खान सचेत हुनुपर्ने विचार चिकित्सकको छ ।
प्राकृतिकरुपमा पाक्नुभन्दा पहिले बढी आर्थिक लाभ लिन व्यापारीले रसायन हालेर कृत्रिमरुपमा आँप पकाउने गरेको र खुलेआम बिक्री गरेकाले यस्ता आँप खाँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा यस्ता आँप बिक्री वितरणमा सम्बन्धित निकायले रोक लगाउनुपर्ने वीरगन्जवासीको माग रहेको छ ।
भारतबाट आउने रसायन हालेर पकाएको यस्ता आँप अहिले वीरगन्ज बजारमा प्रतिकिलो रु सयदेखि दुई सयसम्ममा बिक्री हुने गरेको छ । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












