निर्वाचनको तयारी तीव्र
बागलुङ , १६ वैशाख । स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय व्यवस्थापकीय काममा जुटेको छ । गाउँ गाउँमा मतदाता शिक्षा दिन स्वयम्सेवक खटिएका छन् । नब्बे प्रतिशत निर्वाचन सामग्री आइसकेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो । “मतदानस्थलमा पठाउने सामग्री तयारी हालतमा राखेका छौँ”, शर्माले भन्नुभयो ।
उहाँका अनुसार मतपेटिका, मतपत्र, नउड्ने मसीलगायत केही सामग्री मात्र आउन बाँकी छ । सुरक्षा प्रबन्ध र जनशक्ति व्यस्थापनको काम पनि अघि बढेको जनाइएको छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका एक सय ३ मतदानस्थलमा एक हजार सात सय ४६ जनशक्ति खटिने छन् । अपुग जनशक्ति स्थायी शिक्षकबाट पूर्ति गरिने अधिकारी शर्माले जानकारी दिनुभयो ।
निर्वाचनमा माध्यमिक तहका एक सय ७५, आधारभूत तहबाट दुई सय ११ र प्राथमिक तहका नौ सय ५२ शिक्षक खटिने छन् । बाँकी अधिकृतस्तरका कर्मचारी एक सय ४०, सहायकस्तरका पाँच सय ८९, सहयोगी एक सय ८१ र स्वयम्सेवक पाँच सय ७५ हुनेछन् ।
जनशक्ति परिचालनदेखि निर्वाचन सञ्चालनको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ । जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् ।
कार्यालयमा चाहिने कर्मचारी व्यवस्थापन भइसकेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासले जानकारी दिनुभयो । निर्वाचनसम्बन्धी कामकारबाही कार्यालयमार्फत सञ्चालन हुने उहाँको भनाइ छ । मुख्य निर्वाचन अधिकृत बेल्बासेलाई बागलुङ नगरपालिकाको निर्वाचन अधिकृतको समेत जिम्मा दिइएको छ ।
यस्तै नगरपालिकाहरु जैमिनीमा विष्णप्रसाद सुवेदी, ढोरपाटनमा केदारनाथ पौडेल र गलकोटमा धर्मराज पौडेल तथा गाउँपालिकाहरु ताराखोलामा देवीप्रसाद सुवेदी र काठेखोलामा धु्रव गिरीलाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ । वरेङमा राजेन्द्रप्रसाद घिमिरे, बडीगाडमा रामचन्द्र शर्मा, निसीखोलामा विष्णुभक्त रञ्जित र तमानखोला गाउँपालिकामा सुवासकुमार लामिछानेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
एक सय तीन मतदानस्थल रहेको बागलुङमा एक सय ९२ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा एक लाख ५६ हजार आठ सय दुई मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये महिला मतदाताको सङ्ख्या ८२ हजार आठ सय ३९ छ ।
निर्वाचनमा भाग लिने राजनीतिक दलहरु पनि आफ्नो तयारीमा व्यस्त छन् । निर्वाचन प्रचारप्रसारसँगै उम्मदेवार छनोटको कसरतमा दलहरु छन् । निर्वाचनको मिति आउन दुई साता मात्र बाँकी रहँदा जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई पनि चुस्त पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
Comments
अरु समाचार
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












