निर्वाचनको तयारी तीव्र
बागलुङ , १६ वैशाख । स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय व्यवस्थापकीय काममा जुटेको छ । गाउँ गाउँमा मतदाता शिक्षा दिन स्वयम्सेवक खटिएका छन् । नब्बे प्रतिशत निर्वाचन सामग्री आइसकेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो । “मतदानस्थलमा पठाउने सामग्री तयारी हालतमा राखेका छौँ”, शर्माले भन्नुभयो ।
उहाँका अनुसार मतपेटिका, मतपत्र, नउड्ने मसीलगायत केही सामग्री मात्र आउन बाँकी छ । सुरक्षा प्रबन्ध र जनशक्ति व्यस्थापनको काम पनि अघि बढेको जनाइएको छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका एक सय ३ मतदानस्थलमा एक हजार सात सय ४६ जनशक्ति खटिने छन् । अपुग जनशक्ति स्थायी शिक्षकबाट पूर्ति गरिने अधिकारी शर्माले जानकारी दिनुभयो ।
निर्वाचनमा माध्यमिक तहका एक सय ७५, आधारभूत तहबाट दुई सय ११ र प्राथमिक तहका नौ सय ५२ शिक्षक खटिने छन् । बाँकी अधिकृतस्तरका कर्मचारी एक सय ४०, सहायकस्तरका पाँच सय ८९, सहयोगी एक सय ८१ र स्वयम्सेवक पाँच सय ७५ हुनेछन् ।
जनशक्ति परिचालनदेखि निर्वाचन सञ्चालनको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ । जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् ।
कार्यालयमा चाहिने कर्मचारी व्यवस्थापन भइसकेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासले जानकारी दिनुभयो । निर्वाचनसम्बन्धी कामकारबाही कार्यालयमार्फत सञ्चालन हुने उहाँको भनाइ छ । मुख्य निर्वाचन अधिकृत बेल्बासेलाई बागलुङ नगरपालिकाको निर्वाचन अधिकृतको समेत जिम्मा दिइएको छ ।
यस्तै नगरपालिकाहरु जैमिनीमा विष्णप्रसाद सुवेदी, ढोरपाटनमा केदारनाथ पौडेल र गलकोटमा धर्मराज पौडेल तथा गाउँपालिकाहरु ताराखोलामा देवीप्रसाद सुवेदी र काठेखोलामा धु्रव गिरीलाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ । वरेङमा राजेन्द्रप्रसाद घिमिरे, बडीगाडमा रामचन्द्र शर्मा, निसीखोलामा विष्णुभक्त रञ्जित र तमानखोला गाउँपालिकामा सुवासकुमार लामिछानेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
एक सय तीन मतदानस्थल रहेको बागलुङमा एक सय ९२ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा एक लाख ५६ हजार आठ सय दुई मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये महिला मतदाताको सङ्ख्या ८२ हजार आठ सय ३९ छ ।
निर्वाचनमा भाग लिने राजनीतिक दलहरु पनि आफ्नो तयारीमा व्यस्त छन् । निर्वाचन प्रचारप्रसारसँगै उम्मदेवार छनोटको कसरतमा दलहरु छन् । निर्वाचनको मिति आउन दुई साता मात्र बाँकी रहँदा जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई पनि चुस्त पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












