केपी ओलीको ४ वटा कारण : एमालेले यसकारण संविधान संशोधन हुन नदिने
काठमाडौ,१७ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संविधान संशोधन एमालेले गर्न नदिने ४ वटा कारणहरु बताएका छन् ।
पत्रकार महासंघ ललितपुर शाखाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय पार्षदहरुलाई आफ्नै निवास बालकोटमा स्वागत गर्दै ओलीले संविधान संशोधन विधेयक पारित हुन नदिने एमालेको अडानबारे प्रष्टीकरण दिएका हुन् ।
एमाले अध्यक्ष ओलीले अहिले ‘जोरजाम गरेर’ दुई तिहाइले संविधान संशोधन गर्ने र त्यसपछि धमाधम सरकारले नै संसदको सामान्य बहुमतबाटै पहाड तराई छुट्याउने र सरकारी कामकाजको भाषा हिन्दी बनाउने डिजाइनबाट यो प्रस्ताव ल्याइएको दाबी गरे ।
एमालेले संविधान संशोधन असफल पार्नुपर्ने कारण के हो त रु ओलीले चारवटा बुँदामा यसो भने –
१) स्थानीय जनतालाई राष्ट्रपति चुन्ने अधिकारबाट बञ्चित गर्ने
स्थानीय तह भनेको प्रदेशको निर्वाचन भएपछि तीनका मातहतमा मात्रै हुनुपर्छ भन्ने सोच खतरनाक हो । खासमा अहिलेको सत्तापक्षले स्थानीय तहको चुनाव किन गर्न चाहेको छैन भने उनीहरु त यसलाई प्रदेश माताहत राख्न खोज्दैछन् । ‘सिंहदरवारको अधिकार गाउँमा पुर्याउछौं’ भन्नेहरु, गाउँका जनताले निर्वाचित गरेका प्रतिनिधिले राष्ट्रियसभा सदस्य र राष्ट्रपति चुन्ने अधिकार खोस्न संविधान संशोधन गर्दैछन् । यतिसम्म झूठ र जनताप्रतिको बेइमानी अहिलेका सत्तापक्ष बाहेक कसैले गर्न सक्दैन ।
हामीले स्थानीय सरकारका रुपमा अधिकार सम्पन्न बनाउन खोजेको हो । स्थानीय तहलाई केन्द्र वा प्रदेश मातहत होइन, आफैं स्वायत्त बनाउन खोजेको हो । स्थानीय तहलाई भंग गर्न सक्ने अधिकार केन्द्र र प्रदेश कसैलको पनि छैन । ५ वर्षको कार्यकाल छानिएपछि कसैले भंग गर्न सक्दैन भन्ने मान्यताबाट स्वायत्त सरकार बनाउन खोजएको हो । तर अहिले संविधान संशोधन मार्फत उनीहरु गाउँमा गएको अधिकार सिंहदरवारमा फर्काउन खोज्दैछन् ।
२) भौगोलिक अखण्डतामा भीषण प्रहारको योजनाद्ध प्रयास
प्रदेशको सीमांकन फेर्नका लागि जुन संशोधन गर्न खोजिँदैछ, यो सामान्य कुरा होइन । अब प्रदेशको सीमांकनमा, अहिले २ तिहाइ पुगिहाल्यो भने प्रदेशको सीमांकनसम्बन्धी आयोगले सिफारिस गर्छ, सरकारले संसदको सामान्य बहुमतले निर्णय गर्छ । यति महत्वपूर्ण प्रश्नलाई यही संसदले गर्न पाउने, अहिले नै गर्न पाउने भनेपछि जेठ ३१ गते सरकारले चुनाव गर्छ रु
त्यसभन्दा पहिले यो पास गन अनि तराई पहाड छुट्याउने प्रस्ताव ल्याउनुहुन्छ । त्यसपछि पूरा प्रेसर तोरी पेल्ने कोलमा जस्तै लगाउँछ अर्कैले । हाम्रोतिर तोरी पेल्ने कोल हुन्छ । त्यो यस्तो पारेर राखेको हुन्छ, जति थिच्नुपरे पनि टुप्पोमा ढुंगा थपिन्छ, तोरी एकातिर हुन्छ कोलको टुप्पोमा ढुंगा थप्दै पेलिन्छ ।
भन्नलाई सजिलो हुन्छ, तिमीहरुलाई के गरेको छ र रु ढुंगा त टुप्पोमा हालेको न हो । तर, त्यसको असर के हुन्छ भने ढुंगा थप्दै जाँदा उता तोरी पिना बन्छ । त्यो पिनामा कुनै समय तेल थियो, चिसो थियो भन्ने पनि थाहा हुँदैन । त्यसरी पेल्न खोजिएको छ अहिले नेपालको भौगोलिक अखण्डतालाई ।
त्यसमा रेसिस्ट के हुन्छ भन्दा अहिलेको सत्ता गठबन्धन यति कमजोर छ त्यसलाई कुनै ठूलो ढुंगा राख्नुपर्दैन, अलि ठूलो ठूलो राखेर थिच्यो भने कायल भइहाल्छ । किनभने, ९भारततिर संकेत गर्दै० यो त्यसैगरी बनेको सरकार हो । राख्नु पर्दैन, अलि ठूलो ढुंगा राखेर थिच्यो भने कायल भइहाल्छ । किनभने यो त्यसैगरी बनेको सरकार हो ।
यो स्थितिमा भौगोलिक अखण्डतामा तत्काल भिषण प्रहार गर्ने षडयन्त्र र योजनाका साथ आएको हो । कहाँको निर्वाचन रु यसको विरोध एमालेले गरोस, त्यही नाममा एमालेले भाँड्यो भन्ने आरोप लाउने योजना मात्र हो ।
३) सीमांकन आयोगको सिफारिस र सामान्य बहुमतको खेल
संविधानको अनुसूचि भनेको त संविधान नै हो । अस्ति जुन सरकारले फिर्ता लियो भने अनसुची ४ मा संशोधन थियो । भनेको, प्रदेशको सीमांकनमा थियो । यो अनुसूची त यति महत्वपूर्ण कुरा हो कि प्रदेश सभाको सहमति चाहिने लगायतका धेरै कुरा छन् त्यसमा । सरकारले प्रस्ताव गर्नुपर्ने, संसदमा पेश गर्नुपर्ने, प्रदेशको सहमति लिनुपर्ने, त्यसपछि मात्रै सहमति प्राप्त भएमा संसदले पारित गरेर दुई तिहाइले गरेमा संविधान बन्छ ।
त्यस्तो विषयलाई सजिलैसँग सरकारले एउटा आयोग बनाउने, त्यो आयोगले सिफारिस गरिदिने, त्यो सिफारिसमा सरकारले निर्णय गर्नुपर्ने, त्यो निर्णय जे सरकारले गर्छ, त्यो संविधान बन्ने । यो चानचुने कुरा हो रु सरकारको निर्णयले संविधान बन्ने भन्ने संसारमा कहिँ हुन्छ रु
४) भाषा आयोगको खेलमा हिन्दी घुसाउने झेल
संविधानले सरकारी कामकाजको भाषा देवानगरि लिपिको नेपाली भाषा हुनेछ भनेको छ । अर्को उपधारामा प्रदेशमा बहुसंख्यक वा अत्यधिक संख्याले बोल्ने स्थानीय मातृभाषालाई प्रदेश सभाले निर्णय गरेर प्रदेशको सरकारी कामकाजको भाषा बनाउन सक्छ भनेको छ । यो त पर्याप्त छ । किनकि लिम्बु भाषाले थरुहटमा त काम दिँदैन । मगर भाषाले धनुषामा काम दिँदैन । मैथिलीले कणरलीमा काम दिँदैन । भनेपछि सबै ठाउँका लागि एउटा माध्यम भाषा नेपाली भाषा बनाइएको हो ।
Comments
अरु समाचार
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












