केपी ओलीको ४ वटा कारण : एमालेले यसकारण संविधान संशोधन हुन नदिने
काठमाडौ,१७ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संविधान संशोधन एमालेले गर्न नदिने ४ वटा कारणहरु बताएका छन् ।
पत्रकार महासंघ ललितपुर शाखाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय पार्षदहरुलाई आफ्नै निवास बालकोटमा स्वागत गर्दै ओलीले संविधान संशोधन विधेयक पारित हुन नदिने एमालेको अडानबारे प्रष्टीकरण दिएका हुन् ।
एमाले अध्यक्ष ओलीले अहिले ‘जोरजाम गरेर’ दुई तिहाइले संविधान संशोधन गर्ने र त्यसपछि धमाधम सरकारले नै संसदको सामान्य बहुमतबाटै पहाड तराई छुट्याउने र सरकारी कामकाजको भाषा हिन्दी बनाउने डिजाइनबाट यो प्रस्ताव ल्याइएको दाबी गरे ।
एमालेले संविधान संशोधन असफल पार्नुपर्ने कारण के हो त रु ओलीले चारवटा बुँदामा यसो भने –
१) स्थानीय जनतालाई राष्ट्रपति चुन्ने अधिकारबाट बञ्चित गर्ने
स्थानीय तह भनेको प्रदेशको निर्वाचन भएपछि तीनका मातहतमा मात्रै हुनुपर्छ भन्ने सोच खतरनाक हो । खासमा अहिलेको सत्तापक्षले स्थानीय तहको चुनाव किन गर्न चाहेको छैन भने उनीहरु त यसलाई प्रदेश माताहत राख्न खोज्दैछन् । ‘सिंहदरवारको अधिकार गाउँमा पुर्याउछौं’ भन्नेहरु, गाउँका जनताले निर्वाचित गरेका प्रतिनिधिले राष्ट्रियसभा सदस्य र राष्ट्रपति चुन्ने अधिकार खोस्न संविधान संशोधन गर्दैछन् । यतिसम्म झूठ र जनताप्रतिको बेइमानी अहिलेका सत्तापक्ष बाहेक कसैले गर्न सक्दैन ।
हामीले स्थानीय सरकारका रुपमा अधिकार सम्पन्न बनाउन खोजेको हो । स्थानीय तहलाई केन्द्र वा प्रदेश मातहत होइन, आफैं स्वायत्त बनाउन खोजेको हो । स्थानीय तहलाई भंग गर्न सक्ने अधिकार केन्द्र र प्रदेश कसैलको पनि छैन । ५ वर्षको कार्यकाल छानिएपछि कसैले भंग गर्न सक्दैन भन्ने मान्यताबाट स्वायत्त सरकार बनाउन खोजएको हो । तर अहिले संविधान संशोधन मार्फत उनीहरु गाउँमा गएको अधिकार सिंहदरवारमा फर्काउन खोज्दैछन् ।
२) भौगोलिक अखण्डतामा भीषण प्रहारको योजनाद्ध प्रयास
प्रदेशको सीमांकन फेर्नका लागि जुन संशोधन गर्न खोजिँदैछ, यो सामान्य कुरा होइन । अब प्रदेशको सीमांकनमा, अहिले २ तिहाइ पुगिहाल्यो भने प्रदेशको सीमांकनसम्बन्धी आयोगले सिफारिस गर्छ, सरकारले संसदको सामान्य बहुमतले निर्णय गर्छ । यति महत्वपूर्ण प्रश्नलाई यही संसदले गर्न पाउने, अहिले नै गर्न पाउने भनेपछि जेठ ३१ गते सरकारले चुनाव गर्छ रु
त्यसभन्दा पहिले यो पास गन अनि तराई पहाड छुट्याउने प्रस्ताव ल्याउनुहुन्छ । त्यसपछि पूरा प्रेसर तोरी पेल्ने कोलमा जस्तै लगाउँछ अर्कैले । हाम्रोतिर तोरी पेल्ने कोल हुन्छ । त्यो यस्तो पारेर राखेको हुन्छ, जति थिच्नुपरे पनि टुप्पोमा ढुंगा थपिन्छ, तोरी एकातिर हुन्छ कोलको टुप्पोमा ढुंगा थप्दै पेलिन्छ ।
भन्नलाई सजिलो हुन्छ, तिमीहरुलाई के गरेको छ र रु ढुंगा त टुप्पोमा हालेको न हो । तर, त्यसको असर के हुन्छ भने ढुंगा थप्दै जाँदा उता तोरी पिना बन्छ । त्यो पिनामा कुनै समय तेल थियो, चिसो थियो भन्ने पनि थाहा हुँदैन । त्यसरी पेल्न खोजिएको छ अहिले नेपालको भौगोलिक अखण्डतालाई ।
त्यसमा रेसिस्ट के हुन्छ भन्दा अहिलेको सत्ता गठबन्धन यति कमजोर छ त्यसलाई कुनै ठूलो ढुंगा राख्नुपर्दैन, अलि ठूलो ठूलो राखेर थिच्यो भने कायल भइहाल्छ । किनभने, ९भारततिर संकेत गर्दै० यो त्यसैगरी बनेको सरकार हो । राख्नु पर्दैन, अलि ठूलो ढुंगा राखेर थिच्यो भने कायल भइहाल्छ । किनभने यो त्यसैगरी बनेको सरकार हो ।
यो स्थितिमा भौगोलिक अखण्डतामा तत्काल भिषण प्रहार गर्ने षडयन्त्र र योजनाका साथ आएको हो । कहाँको निर्वाचन रु यसको विरोध एमालेले गरोस, त्यही नाममा एमालेले भाँड्यो भन्ने आरोप लाउने योजना मात्र हो ।
३) सीमांकन आयोगको सिफारिस र सामान्य बहुमतको खेल
संविधानको अनुसूचि भनेको त संविधान नै हो । अस्ति जुन सरकारले फिर्ता लियो भने अनसुची ४ मा संशोधन थियो । भनेको, प्रदेशको सीमांकनमा थियो । यो अनुसूची त यति महत्वपूर्ण कुरा हो कि प्रदेश सभाको सहमति चाहिने लगायतका धेरै कुरा छन् त्यसमा । सरकारले प्रस्ताव गर्नुपर्ने, संसदमा पेश गर्नुपर्ने, प्रदेशको सहमति लिनुपर्ने, त्यसपछि मात्रै सहमति प्राप्त भएमा संसदले पारित गरेर दुई तिहाइले गरेमा संविधान बन्छ ।
त्यस्तो विषयलाई सजिलैसँग सरकारले एउटा आयोग बनाउने, त्यो आयोगले सिफारिस गरिदिने, त्यो सिफारिसमा सरकारले निर्णय गर्नुपर्ने, त्यो निर्णय जे सरकारले गर्छ, त्यो संविधान बन्ने । यो चानचुने कुरा हो रु सरकारको निर्णयले संविधान बन्ने भन्ने संसारमा कहिँ हुन्छ रु
४) भाषा आयोगको खेलमा हिन्दी घुसाउने झेल
संविधानले सरकारी कामकाजको भाषा देवानगरि लिपिको नेपाली भाषा हुनेछ भनेको छ । अर्को उपधारामा प्रदेशमा बहुसंख्यक वा अत्यधिक संख्याले बोल्ने स्थानीय मातृभाषालाई प्रदेश सभाले निर्णय गरेर प्रदेशको सरकारी कामकाजको भाषा बनाउन सक्छ भनेको छ । यो त पर्याप्त छ । किनकि लिम्बु भाषाले थरुहटमा त काम दिँदैन । मगर भाषाले धनुषामा काम दिँदैन । मैथिलीले कणरलीमा काम दिँदैन । भनेपछि सबै ठाउँका लागि एउटा माध्यम भाषा नेपाली भाषा बनाइएको हो ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












