निर्वाचनमा सुरक्षा मजबुत
चितवन, वैशाख २० गते । जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा समितिले तयार पारेको एकीकृत सुरक्षा योजनालाई पुनरावलोकन गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । यसअन्तर्गत जिल्लामा रहेका सातवटै तहको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
जिल्लामा रहेका एकसय ६१ मतदानस्थलको सुरक्षाका लागि प्रहरी परिचालन भइसकेको छ भने मंगलबारदेखि म्यादी प्रहरीको समेत परिचालन गरिएको छ । सुरक्षा समितिले जिल्लामा रहेका मतदानस्थलमध्ये ४९ वटा अति संवेदनशील, ५९ संवेदनशील र ५३ सामान्य गरी वर्गीकरण गरेको छ ।
वर्गीकरणका आधारमा सुरक्षा व्यवस्था कडा पारिएको थापाले बताउनुभयो । थापाका अनुसार जिल्लामा निर्वाचनको समयमा तीनहजार दुईसय १५ जना नेपाल प्रहरी, एक हजार दुई सय ५५ म्यादी प्रहरी, चारसय २० सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुनेछन् । हरेक तहमा तीनवटै सुरक्षा निकायको एक–एक टुकडी राखिएको छ । सेनाले निर्वाचनको समयमा बाह्य सुरक्षा दिनेछ भने सशस्त्र दोस्रो घेरामा रहने व्यवस्था गरिएको छ ।
यस्तै, नेपाल प्रहरी, म्यादी प्रहरी पहिलो घेरामा हुनेछन् भने राष्ट्रिय अनुसन्धानका गुप्तचरले हरेक स्थानबाट सूचना दिनेछन् । यसबाहेक प्रत्येक तहमा सशस्त्र प्रहरीको दुई–दुईवटा मोबाइल स्कर्टिङ टोली राखिनेछ । निर्वाचनको समयमा हुन सक्ने खतरालाई मध्यनजर गर्दै सुरक्षा समितिले निर्वाचनको समयमा दङ्गाफसादलाई नियन्त्रणमा लिनका लागि मतदानस्थलमा नेपाल प्रहरीको टोली तीन, सशस्त्र प्रहरी पाँच र नेपाली सेना १० मिनेटमा पुग्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
यसैक्रममा जिल्लामा रहेका सातसय १४ जना नेपाल प्रहरीलाई निर्वाचनसम्बन्धी अनुशिक्षणसमेत गराई सकिएको छ । जिल्लामा थप मद्दतका लागि आएका प्रहरीमध्ये नौसय १४ जना प्रहरी रिजर्भ फोर्सका लागि राखिने थापाले बताउनुभयो ।
चारजना प्रहरी नायब उपरीक्षकको कमान्डमा रहने सो टोलीलाई जिल्लाको संवेदनशील र अन्य क्षेत्रमा राखिने उहाँले बताउनुभयो । यस्तै, समितिले दङ्गाग्रस्त क्षेत्रको समेत पहिचान गरी सो क्षेत्रको अनुगमनसमेत गरेको उहाँले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












