निर्वाचनमा सुरक्षा मजबुत
चितवन, वैशाख २० गते । जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा समितिले तयार पारेको एकीकृत सुरक्षा योजनालाई पुनरावलोकन गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । यसअन्तर्गत जिल्लामा रहेका सातवटै तहको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
जिल्लामा रहेका एकसय ६१ मतदानस्थलको सुरक्षाका लागि प्रहरी परिचालन भइसकेको छ भने मंगलबारदेखि म्यादी प्रहरीको समेत परिचालन गरिएको छ । सुरक्षा समितिले जिल्लामा रहेका मतदानस्थलमध्ये ४९ वटा अति संवेदनशील, ५९ संवेदनशील र ५३ सामान्य गरी वर्गीकरण गरेको छ ।
वर्गीकरणका आधारमा सुरक्षा व्यवस्था कडा पारिएको थापाले बताउनुभयो । थापाका अनुसार जिल्लामा निर्वाचनको समयमा तीनहजार दुईसय १५ जना नेपाल प्रहरी, एक हजार दुई सय ५५ म्यादी प्रहरी, चारसय २० सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुनेछन् । हरेक तहमा तीनवटै सुरक्षा निकायको एक–एक टुकडी राखिएको छ । सेनाले निर्वाचनको समयमा बाह्य सुरक्षा दिनेछ भने सशस्त्र दोस्रो घेरामा रहने व्यवस्था गरिएको छ ।
यस्तै, नेपाल प्रहरी, म्यादी प्रहरी पहिलो घेरामा हुनेछन् भने राष्ट्रिय अनुसन्धानका गुप्तचरले हरेक स्थानबाट सूचना दिनेछन् । यसबाहेक प्रत्येक तहमा सशस्त्र प्रहरीको दुई–दुईवटा मोबाइल स्कर्टिङ टोली राखिनेछ । निर्वाचनको समयमा हुन सक्ने खतरालाई मध्यनजर गर्दै सुरक्षा समितिले निर्वाचनको समयमा दङ्गाफसादलाई नियन्त्रणमा लिनका लागि मतदानस्थलमा नेपाल प्रहरीको टोली तीन, सशस्त्र प्रहरी पाँच र नेपाली सेना १० मिनेटमा पुग्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
यसैक्रममा जिल्लामा रहेका सातसय १४ जना नेपाल प्रहरीलाई निर्वाचनसम्बन्धी अनुशिक्षणसमेत गराई सकिएको छ । जिल्लामा थप मद्दतका लागि आएका प्रहरीमध्ये नौसय १४ जना प्रहरी रिजर्भ फोर्सका लागि राखिने थापाले बताउनुभयो ।
चारजना प्रहरी नायब उपरीक्षकको कमान्डमा रहने सो टोलीलाई जिल्लाको संवेदनशील र अन्य क्षेत्रमा राखिने उहाँले बताउनुभयो । यस्तै, समितिले दङ्गाग्रस्त क्षेत्रको समेत पहिचान गरी सो क्षेत्रको अनुगमनसमेत गरेको उहाँले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












