भूकम्पपीडितको शिविरमा आएको चुनावी रौनक
भक्तपुर, २४ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै छ । जिल्लाका चारवटै नगरपालिकाका टोलटोलमा चुनावी रौनक छाएको छ । तर भक्तपुरका भूकम्पपीडितको शिविरमा भने न त नेता पुगेका छन्, न त चुनावी माहोल नै छ । भक्तपुरको देकोचा, व्यासी, नःपुखु, सल्लाघारी, च्याम्हसिंहलगायतका शिविरमा दुई वर्षदेखि बस्दै आएका भूकम्पपीडितको शिविरमा भने चुनावको कुनै चहलपहल नै छैन ।
शनिबार भक्तपुर नगरपालिका देकोचास्थित भूकम्पपीडितको शिविरमा पुग्दा भोलाछेँको घर भत्किएर शिविरमा बस्दै आउनुभएका जयकृष्ण कुम्पाखाले भोट माग्न शिविरमा कोही नेता पनि नआएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “भूकम्प गएदेखि अहिलेसम्म यहाँको अवस्था कस्तो छ, समस्या छ कि छैन, कसरी बसेका छन् भनेर कोही सोध्न आएका छैनन् । चुनाव आउनै लाग्दा पनि यहाँ भोट माग्न कोही नेता आएका छ्रैनन् ।”
भूकम्पपछि मानवीय आस्था नेपालले बनाइदिएको जस्ताको टहरामा बस्दै आएका यहाँका ५० घरपरिवारमा अहिले १६ परिवार मात्रै बस्दै आएका छन् । उहाँले भन्नुभयो – “मानवीय आस्था नेपालले राहत ल्याइदियो । बस्ने बास दियो । अहिलेसम्म पनि खानेपानीको व्यवस्था गरिदिएको छ । भोट पनि उसैले भनेका व्यक्तिलाई दिन्छौं ।”
कोही घर बनाएर त कोही भत्किएकै घर मर्मत गरेर बस्न गइसके पनि त्यसरी जाने ठाउँ नभएकाहरु बाध्यताले शिविरमा बस्दैआएका छन् ।
यही शिविरमा बस्दै आउनुभएका याछेँकी मीना सितिखुको गुनासो पनि उस्तै छ । भूकम्पगएदेखि अहिलेसम्म कोही नेता पनि नआएको गुनासो गर्दै उहाँले भन्नुभयो – “भूकम्पपछि टहरा बनाइदिन महेश बस्नेत आएका थिए । त्यसपछि कोही आएको छैनन् । अहिले भोट माग्न पनि कोही आएका छैनन् ।”
याछेँ घर भई शिविरमा दुई वर्षदेखि बस्दै आउनुभएका कृष्णश्वरी सिजख्वले पनि शिविरमा कुनै चुनावको रौनक नआएको बताउनुभयो । उहाँ भन्नुहुन्छ – “चुनाव आयो भन्छन्, खै बाहिर आयो होला । हाम्रो शिविरमा चुनाव आएको छैन । यहाँ कोही भोट माग्न पनि आएका छ्रनैन् । त्यसैले भोट कसलाई हाल्ने हो भन्ने पनि सोचेका छैनौं ।”
देकोचा शिविरमा अत्यन्तै दयनीय अवस्थामा रहँदैआएको परिवार हो अष्टबहादुर मानन्धरको । उहाँका दुई छोराछोरी पूरै अपाङ्ग छन् । अष्टबहादुरको कानदेखि शरीरमा विभिन्न भागमा गाँठो आएको छ तर औषधि गर्ने सामथ्र्य छ्रैन । अपाङ्ग छोराछोरीलाई कसरी पाल्ने भन्ने दैनिकी पिरालो मात्रै होइन, कसरी बाँच्ने र कहाँ जाने कुनै टुङ्गो पनि नभएको मानन्धर बताउनुहुन्छ ।
गोल्मढीको सानो घर भत्किएपछि समस्यामा परेको मानन्धर दम्पती भन्छन् – “अपाङ्ग दुई छोराछोरीका लागि सहयोग गर्नेलाई भोट दिन्छौ ।” भूकम्पपीडितको व्यासीस्थित शिविरमा बस्दै आउनुभएका सुकराम घटुवाको गुनासो पनि उस्तै छ ।
उहाँ भन्नुहुन्छ – “चुनाव त आयो नि, तर खै शिविरमा कोही नेता आएका छ्रैनन् । परपर जान्छन् । यता कोही आउँदैनन् । त्यसैले भोट हाल्न जान मनै छैन ।”
आफ्नो मताधिकारको प्रयोग गर्नुपर्ने भए पनि भूकम्पपीडितको समस्या समाधान गर्न र उनीहरुको पीडा बुझ्न कोही नआएको उहाँको गुनासो छ ।
भक्तपुर–२ व्यासी शिविरमा बस्दै आउनुभएका रमिता सुवालको गुनासो पनि उस्तै छ । शिविर बाहिर चुनावको निकै चहलपहल, प्रचारप्रसार भए पनि शिविरभित्र भने कोही भोट माग्न नआएको उहाँले बताउनुभयो । भूकम्पपीडितको समस्या समाधान गर्नेलाई मात्रै भोट दिने उहाँ बताउनुहुन्छ । रासस
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












