भूकम्पपीडितको शिविरमा आएको चुनावी रौनक
भक्तपुर, २४ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै छ । जिल्लाका चारवटै नगरपालिकाका टोलटोलमा चुनावी रौनक छाएको छ । तर भक्तपुरका भूकम्पपीडितको शिविरमा भने न त नेता पुगेका छन्, न त चुनावी माहोल नै छ । भक्तपुरको देकोचा, व्यासी, नःपुखु, सल्लाघारी, च्याम्हसिंहलगायतका शिविरमा दुई वर्षदेखि बस्दै आएका भूकम्पपीडितको शिविरमा भने चुनावको कुनै चहलपहल नै छैन ।
शनिबार भक्तपुर नगरपालिका देकोचास्थित भूकम्पपीडितको शिविरमा पुग्दा भोलाछेँको घर भत्किएर शिविरमा बस्दै आउनुभएका जयकृष्ण कुम्पाखाले भोट माग्न शिविरमा कोही नेता पनि नआएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “भूकम्प गएदेखि अहिलेसम्म यहाँको अवस्था कस्तो छ, समस्या छ कि छैन, कसरी बसेका छन् भनेर कोही सोध्न आएका छैनन् । चुनाव आउनै लाग्दा पनि यहाँ भोट माग्न कोही नेता आएका छ्रैनन् ।”
भूकम्पपछि मानवीय आस्था नेपालले बनाइदिएको जस्ताको टहरामा बस्दै आएका यहाँका ५० घरपरिवारमा अहिले १६ परिवार मात्रै बस्दै आएका छन् । उहाँले भन्नुभयो – “मानवीय आस्था नेपालले राहत ल्याइदियो । बस्ने बास दियो । अहिलेसम्म पनि खानेपानीको व्यवस्था गरिदिएको छ । भोट पनि उसैले भनेका व्यक्तिलाई दिन्छौं ।”
कोही घर बनाएर त कोही भत्किएकै घर मर्मत गरेर बस्न गइसके पनि त्यसरी जाने ठाउँ नभएकाहरु बाध्यताले शिविरमा बस्दैआएका छन् ।
यही शिविरमा बस्दै आउनुभएका याछेँकी मीना सितिखुको गुनासो पनि उस्तै छ । भूकम्पगएदेखि अहिलेसम्म कोही नेता पनि नआएको गुनासो गर्दै उहाँले भन्नुभयो – “भूकम्पपछि टहरा बनाइदिन महेश बस्नेत आएका थिए । त्यसपछि कोही आएको छैनन् । अहिले भोट माग्न पनि कोही आएका छैनन् ।”
याछेँ घर भई शिविरमा दुई वर्षदेखि बस्दै आउनुभएका कृष्णश्वरी सिजख्वले पनि शिविरमा कुनै चुनावको रौनक नआएको बताउनुभयो । उहाँ भन्नुहुन्छ – “चुनाव आयो भन्छन्, खै बाहिर आयो होला । हाम्रो शिविरमा चुनाव आएको छैन । यहाँ कोही भोट माग्न पनि आएका छ्रनैन् । त्यसैले भोट कसलाई हाल्ने हो भन्ने पनि सोचेका छैनौं ।”
देकोचा शिविरमा अत्यन्तै दयनीय अवस्थामा रहँदैआएको परिवार हो अष्टबहादुर मानन्धरको । उहाँका दुई छोराछोरी पूरै अपाङ्ग छन् । अष्टबहादुरको कानदेखि शरीरमा विभिन्न भागमा गाँठो आएको छ तर औषधि गर्ने सामथ्र्य छ्रैन । अपाङ्ग छोराछोरीलाई कसरी पाल्ने भन्ने दैनिकी पिरालो मात्रै होइन, कसरी बाँच्ने र कहाँ जाने कुनै टुङ्गो पनि नभएको मानन्धर बताउनुहुन्छ ।
गोल्मढीको सानो घर भत्किएपछि समस्यामा परेको मानन्धर दम्पती भन्छन् – “अपाङ्ग दुई छोराछोरीका लागि सहयोग गर्नेलाई भोट दिन्छौ ।” भूकम्पपीडितको व्यासीस्थित शिविरमा बस्दै आउनुभएका सुकराम घटुवाको गुनासो पनि उस्तै छ ।
उहाँ भन्नुहुन्छ – “चुनाव त आयो नि, तर खै शिविरमा कोही नेता आएका छ्रैनन् । परपर जान्छन् । यता कोही आउँदैनन् । त्यसैले भोट हाल्न जान मनै छैन ।”
आफ्नो मताधिकारको प्रयोग गर्नुपर्ने भए पनि भूकम्पपीडितको समस्या समाधान गर्न र उनीहरुको पीडा बुझ्न कोही नआएको उहाँको गुनासो छ ।
भक्तपुर–२ व्यासी शिविरमा बस्दै आउनुभएका रमिता सुवालको गुनासो पनि उस्तै छ । शिविर बाहिर चुनावको निकै चहलपहल, प्रचारप्रसार भए पनि शिविरभित्र भने कोही भोट माग्न नआएको उहाँले बताउनुभयो । भूकम्पपीडितको समस्या समाधान गर्नेलाई मात्रै भोट दिने उहाँ बताउनुहुन्छ । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












