लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना
बुटवल, २५ वैशाख । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । हिंसा प्रभावितलाई स्वास्थ्य उपचार गर्नका लागि सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो ।
उक्त सङ्कट व्यवस्थापन केन्द्रबाट यस क्षेत्रका १३ जिल्लाका हिंसापींडितको स्वास्थ्य उपचार गरिनेछ । विभिन्न प्रकारका हिंसाबाट पींडितको कानुनी प्रक्रिया पु¥याएर स्वास्थ्य सेवा दिइने लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र सञ्जेल क्षेत्रीले जानकारी गराउनुभएको छ ।
सङ्कट व्यवस्थापन केन्द्रबाट उपचार सेवाका लागि अहिलेलाई दुईवटा श्ययाबाट सेवा शुभारम्भ गरिएको र मागअनुसार श्यया सङ्ख्या पछि थप गर्न सकिने अस्पतालले जनाएको छ । हिंसामा परेका व्यक्तिलाई केन्द्रबाट परामर्श, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनःस्थापना गरिने बताइएको छ । स्वास्थ्य उपचार, चिकित्साजन्य प्रमाण, संरक्षण, मानसिक एवम् मनोवैज्ञानिक परामर्श दिइनेछ ।
जिल्ला समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको अध्यक्षतामा भएको एक कार्यक्रमको आयोजना गरी अस्पतालले लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापनाबारे जानकारी गराएको हो ।
यसैगरी जिल्ला शिक्षा कार्यालय रुपन्देहीले आफूले सम्पन्न गरेको कार्यक्रम सार्वजनिक गरेको छ । गत शैक्षिकसत्रमा जिल्ला शिक्षा कार्यालय रुपन्देहीले विभिन्न छात्रवृत्ति वितरण गरेको जानकारी दिएको छ । कार्यालयले आधारभूत तहका ५२ हजार ६७९ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको कार्यालयका उपजिल्ला शिक्षा अधिकारी टीकाराम अर्यालले जानकारी दिनुभयो ।
सोही शैक्षिकसत्रमा आधारभूत तहकै १० हजार ३११ र माध्यमिक तहका तीन हजार २३५ दलित विद्यार्थीलाई दलित छात्रवृत्ति प्रदान गरिएको उहाँले बताउनुभयो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












