विकास, शान्ति र सहिष्णुता : मुस्लिम बहुल ताप्ले गाउँको सामूहिक एजेन्डा
ताप्ले (गोरखा), २७ वैशाख । कस्तो संयोग ! बीस वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भई काम गरेका देवीप्रसाद श्रेष्ठ र २२ वर्षदेखि प्रधानाध्यापक भई काम गर्दै आएका महालक्ष्मी माविका रहमतुल्ला मियाँ स्थानीय तहको निर्वाचनमा एकै वडामा वडाध्यक्ष पदको निर्वाचनमा भिड्दैछन् ।
गोरखा नगरपालिका–२ ताप्लेको वडाध्यक्षमा भिड्न नेकपा (एमाले) गोरखाले पूर्व गाविस अध्यक्षसमेत रहेका देवीप्रसाद श्रेष्ठलाई टिकट थमाइदियो । गाउँलेका सुखदुःखमा भिजेका श्रेष्ठ अहिले जसरी पनि निर्वाचन जित्ने धूनमा छन् । दिनहुँ घरदैलो गरी श्रेष्ठ आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आह्वान गर्दैछन् ।
ताप्ले मुस्लिम समुदायको बाहुल्य भएको गाउँ हो । यहाँ ३७५ जना मुस्लिम समुदायका मतदाता छन् । मुस्लिम समुदायसँग वर्षौंदेखि सहकार्य गरी आदिवासी, जनजाति, बाहुन, क्षेत्री समुदाय पनि ताप्लेमा बसोबास गर्दै आएका छन् । मुस्लिम अगुवाका अनुसार तत्कालीन राजा द्रव्य शाहको पालामा पाकिस्तानबाट नेपालमा मुस्लिम समुदाय बसाइँ सरी आएका थिए ।
मुस्लिम समुदायको प्रतिनिधित्व वडाध्यक्षसम्म पु¥याउन नेपाली काँग्रेसले वडाध्यक्ष पदमा रहमतुल्ला मियाँलाई टिकट दियो । लामो समयदेखि प्रधानाध्यापक भई काम गरेका समाज सेवी मियाँले निर्वाचनमा उठ्न शिक्षक पेसा छाडे पनि । ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएका जिल्लाका ४९४ विद्यालयमध्ये सबैभन्दा पहिले पुनःनिर्माण भएको विद्यालय महालक्ष्मी हो ।
ताप्लेमा राजनीतिक प्रतिशोध हुँदो हो त प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको स्वार्थ एकआपसमा बाँझिनुपर्ने हो । पार्टी फरक परे पनि शिक्षाको विकास गर्ने काममा दुवै जना सक्रिय भई लागिपरे । समाज पनि सचेत हुँदै गयो । अभिभावकले श्रेष्ठलाई सर्वसम्मत रुपमा २० वर्षसम्म विद्यालयको अध्यक्षको रुपमा स्वीकारे । श्रेष्ठको नेतृत्वमा प्रश्न उठेन ।
श्रेष्ठलाई मुस्लिम समुदायमा भिज्न सहयोगी बन्यो, भाषा । राम्रो मुस्लिम भाषा बुझ्न, बोल्न सक्ने श्रेष्ठले गाविस अध्यक्ष हुँदा विकासका थालनी पनि गरेका थिए । श्रेष्ठलाई साथ र सहयोग प्रअ मियाँको रहन्थ्यो । पछाडि परेको समुदायको रुपमा मुस्लिम समुदायलाई पनि लिइन्छ ।
त्यसैले हुनुपर्छ नेकपा (माओवादी केन्द्र)ले पनि वडाध्यक्षमा छवि बकस मियाँलाई उम्मेदवार बनाएको छ । वडाध्यक्षमा दुई जना उम्मेदवार मुस्लिम समुदायका छन् भने सदस्य पदमा पनि माओवादी केन्द्रले रम्जाम अली मियाँ र एमालेले जुलेखा मियाँलाई उठाएको छ । भिन्न पार्टीका यी सबै उम्मेदवारले मुस्लिम बस्तीमा÷घरदैलोमा पुगेर विकास, शान्ति, सहिष्णुता र समृद्धिका लागि भोट मागिरहेका छन् ।
नयाँ शक्ति पार्टीले रवी रानालाई वडाध्यक्षमा उठाएको छ । उम्मेदवारका सामूहिक एजेन्डा विकास हो, समृद्धि हो । मुस्लिम समुदायका ७० प्रतिशत युवा वैदेशिक रोजगारीमा छन् । उनीहरुलाई गाउँ फर्काउनुपर्ने अर्को ठूलो काम बाँकी छ । गाउँमै शिक्षा, स्वास्थ्य, रोजगार, विकासका पूर्वाधार खडा गर्नुपर्ने छ । जसले जिते पनि विकास प्रमुख प्राथमिकता हुनुपर्नेमा मतदाता खबरदारी गर्दैछन् ।
काँग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका रहमतुल्ला मियाँले भन्नुभयो, “मुस्लिमको मात्रै उन्नति गर्ने भन्ने होइन, हाम्रा सामूहिक एजेन्डा छन् । सबै जातजाति, धर्म, संस्कार र परम्परालाई निरन्तरता दिँदै पछि पारिएका समुदायलाई संविधानअनुसार अधिकार दिनुपर्नेछ ।” कसैलाई आरोप लगाएर आफू गतिलो हुने सोच उम्मेदवारले नराखेको भन्दै मियाँले काँग्रेस, एमाले, माओवादी, नयाँशक्तिका उम्मेदवार एकै समयमा एकै घरमा सामूहिक रुपमा गएर भोट माग्नुपर्ने, आफ्ना कुरा राख्न सकिने बताउँछन् ।
यसरी सबै पार्टी मतदाताकहाँ पुग्दा एकले अर्को पार्टी, नेतालाई नचाहिने आरोप लगाउन पाउँदैन भने विकास र समृद्धिका बारेमा कुराकानी हुन्छ र यसले समुदायलाई फाइदा पुग्छ । सबैले प्रतिबद्धता जनाएपछि गाउँकै मुहार फेर्न सकिन्छ । मियाँको यस्तो विश्वास छ । चुनावको दिन आइसक्दा पनि मतदाताले मतपत्रमा रहेको अन्तिम दुई वटा चिह्नमा कति पटक छाप लगाउनुपर्ने हो भन्दै सोध्ने गरेकाले मतदाता शिक्षा प्रभावकारी मियाँको बुझाइ छ ।
यस्तै चिन्ता एमालेका उम्मेदवार श्रेष्ठको पनि छ । मतपत्रमा एकै कोठामा दुई चिह्न हुँदा मतदाता झुक्किने तथा मत बदर हुनसक्ने खतरा उहाँले आँैल्याउनुभयो । मतदाता भने जसले लोकतन्त्रलाई दिर्घायु बनाउँछ, विकास गर्छ जस्तो लाग्छ उसैलाई भोट दिने बताउँछन् । यस्तै निजी आवास पुनःनिर्माण, निःशुल्क शिक्षा, घरघरमा खानेपानी, पक्की सडक, स्वच्छ, हराभरा गाउँ निर्माण गर्ने दृष्टिकोण भएको उम्मेदवारलाई भोट दिएर जिताउने मतदाताको विचार छ । डर, त्रास, धम्की, लोभलालचमा परेर मतदान नगर्न सबै उम्मेदवारले घरदैलोमा पुगेर आग्रह गर्दैआएका छन् ।
पाँच वर्ष स्थानीय सरकारले शासन गर्ने र आफूले जितेमा गाउँको मुहार अहिलेको अवस्था भन्दा धेरै बदल्ने दलका उम्मेदवारले प्रतिबद्धता जनाउँदै आएका छन् । मुस्लिम बस्तीका यी उम्मेदवारले साझा एजेन्डालाई स्थापित गर्न लागिपर्ने बताएका छन् । ती एजेन्डा शान्ति, विकास, सहिष्णुता हो । २०६४ र २०७० मा निषेधको राजनीति भए पनि यो निर्वाचनमा सबै दलहरुले निर्वाध प्रचारप्रसार गर्न, भोट माग्न पाएकामा ताप्लेवासी खुसी देखिन्छन् । रासस
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...












