मतदानको दिन नै विवाह, ‘बिशेष पास’ चाहियो भन्दै निवेदन
काठमाडौं, २७ बैशाख । पहिलो चरणको निर्वाचन हुने दिन बैशाख ३१ गते कसैको विवाह भयो भने के होला ? निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै निर्वाचनको दिन सवारी साधन चलाउन पाईदैंन् । उम्मेदवार, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारकर्मी लगायतका लागि विशेष पासको व्यवस्था गरिएको छ । त्यस वाहेककाले सवारी साधन चलाउन पाईदैन् ।
तर, पास चाहियो भन्दै जिल्ला प्रशासन कार्यालयमा उम्मेदवार र पत्रकार मात्र पुगेका छैनन् । मतदानको दिन विवाह कार्यक्रम परेको भन्दै निवेदन दिने समेत भेटिएका छन् ।
स्थानीय प्रशासनले भने यो माग अस्वीकार गरेको छ । निर्वाचन सुरक्षाका कारण विवाहमा प्रयोग हुने गाडीलाई बिशेष पास दिन नसक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
बिवाहका लागि बिशेष पास चाहियो भन्दै निवेदन आएको जिल्ला प्रशासन कार्यालयका अधिकृत महेश दाहालले बताए । तर कार्यविधीमा त्यस्तो व्यवस्था नभएका कारण पास दिन नसकिएको उनले बताए ।
काठमाडौं उपत्यकामा मात्र बढी विशेष पास वितरण भएको पाइएको छ । पत्रकारका लागि सुचना विभागको सिफारिसमा र अन्य व्यक्तिका लागि निर्वाचन आयोगको सिफारिसमा त्यस्तो पास वितरणको काम भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन आयोगबाटै पास वितरण गरिरहेको छ । अहिलेसम्म चुनावको दिनका लागि संचारकर्मी, पर्यटक, उम्मेदवार, पर्यवेक्षक, कुटनीतिक नियोगका सवारी साधन, अन्तर्राष्ट्रिय संघ संस्था र विमानस्थलसँग सम्वन्धित संघसंस्था लगायतलाई करिब १५ सय बिशेष पास वितरण गरिसकेको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












