एउटा मिसकलबाट सुरु भएको प्रेमले महिलाको ज्यानै लियो
काभ्रे, २८ बैशाख । काभ्रे महाकाल चौरकी २८ वर्षीया लक्ष्मी तामाङले सन्चो बिसन्चो सोध्न साउदीमा रहेका श्रीमानलाई फोन गरिन् । तर त्यो फोन गल्तीबस सिन्धुपाल्चोक इन्द्रावतीका ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनालाई परेछ ।
वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेका बद्रीले आफू पनि सिन्धुपाल्चोक निवासी भएको जानकारी गराएपछि लक्ष्मी र उनीबीच नियमित फोन सम्पर्क हुन थाल्यो । फोनबाट उनीहरूबीच मायापिरतीका कुरा मात्र नभई आर्थिक लेनदेनसमेत हुन थालेछ ।
साउदीमा रहेका बद्री र काभ्रेमा रहेकी लक्ष्मीबीचको फोनप्रेम सम्बन्ध करिब १८ महिनासम्म जारी रह्यो । यो अवधिमा बद्रीले लक्ष्मीलाई घर खर्च तथा ऋण सहयोगका नाममा करिब डेढ लाख रुपैयाँसम्म पठाइदिए । तर त्यही घरखर्च र ऋण सहयोग लक्ष्मीका लागि काल बन्न पुग्यो ।
उनको कोटेश्वरस्थित होटल होम एन्ड गेस्ट हाउसमा हत्या गरिएको अवस्थामा वैशाख २४ गते शव फेला परेको छ । हत्याका अभियुक्त फोनप्रेमी बद्री पनि तीन दिनपछि पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फोनप्रेमका कारण बद्री गत चैत २० गते स्वदेश फर्किएपछि उनीहरूबीच प्रत्यक्ष भेट भएको थियो । पहिलो भेटमा उनीहरूबीच सामान्य भलाकुसारी भएको थियो ।
प्रहरीका अनुसार दोस्रो भेटमा बद्रीले ऋणको कुरा उठाएपछि लक्ष्मीले खर्च भइसकेकाले दिन नसक्ने अडान राखेकी थिइन् ।
यसैबीचमा उनीहरूले पति पत्नी भएको भन्दै पटक पटक गरी तीन रात होटलमा बिताइसकेका थिए ।
‘बद्रीले रकम फिर्ता माग्ने र लक्ष्मीले नदिने’ भनेकै कारण उनको हत्या भएको दाबी प्रहरीको छ । अपराध महाशाखाका प्रमुख दिनेश अमात्यले पैसा, प्रेम र अनैतिक सम्बन्धका कारण बद्रीले लक्ष्मीको हत्या गरेको जानकारी दिए ।
लक्ष्मीको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार बद्रीलाई पक्राउ गरिएको छ । दम्पती भनेर कोठा ‘बुकिङ’ गरेका बद्रीले नाम, ठेगाना र फोन नम्बर भने फरक लेखाएका थिए ।
प्रहरीका अनुसार बद्रीले लक्ष्मीको हत्या गर्न होटल नजिकैको एक पसलबाट १० रुपैयाँमा प्लास्टिकको डोरीसमेत खरिद गरेका थिए ।
साँझको खाना खाएर रात बिताउनका लागि होटल पुगेका बद्रीले साँझ नै लक्ष्मीको हत्या गरी शव सिरकले छोपी रातिभरि कुरी बसेको जानकारी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले दिएका छन् । अभियुक्त बद्री बिहान सबेरै एयरपोर्टमा साथी लिन जान्छु भन्दै तीन जनालाई खानाको ‘अर्डर’ दिएर होटलबाट उम्किन सफल भएका थिए । तर उनी दिउँसो ११ बजेसम्म पनि होटलमा नफर्केपछि ढोका खोली हेर्दा लक्ष्मीको हत्या गरिएको पत्ता लागेको थियो ।
प्रहरीले पक्राउ परेका अभियुक्त बद्रीको साथबाट ९५ हजार नगद, लक्ष्मीले प्रयोग गरेको मोबाइल, तिलहरी र टप लगायतका सुनका गरगहनाहरू बरामद गरेको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












