मुक्तकमैया भन्छन् : ‘सुपानेट झुल दिनेलाई भोट दिन्छौँ’

भीमदत्तनगर, वैशाख । दुई दशकपछिको स्थानीय तहको निर्वाचनको सन्मुख बस्तीको मुहार फेर्नेदेखि सडक, यातायात, खानेपानी, स्कुल व्यवस्थापनको माग गरेका समाचार आइरहेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का मुक्तकमैया शिविरका बासिन्दा भने सुपानेट झुल वितरण गर्नेलाई भोट दिने भएका छन् ।
चुनावी माहोल बुझ्न मुक्तकमैया बस्ती पुग्दा बस्तीका भलमन्सा चन्दा रानाले झुल वितरण गर्नेलाई आफूहरुले भोट दिने बताइन् । “रातभर लामखुट्टेले टोकेर यहाँका बासिन्दा सुत्नै पाउँदैनन् ।” उनले भनिन् – “बस्तीमा तीन वर्ष पहिले दिएको झुल अहिले काम नलाग्ने भइसक्यो ।” “सुत्दा लुगा ओढे गर्मीले सहिनसक्नु हुन्छ, उस्ती सुते लामखुट्टले हैरान पार्छन्, के ठूला मागहरु राख्नु ।”
बजारको झुलभन्दा सुपानेट झुल बढी उपयोग रहेको बताउँदै मुक्तकमैया शिविरका तौला रानाले पनि झुल दिनेलाई चुनावमा भोट दिने बताए । “अहिले बस्तीमा सामूहिक रुपमा कार्यकर्तासहित भोट माग्न उम्मेदवार आएका छैनन् ।” उनले भने – “छाडा गोरु व्यवस्थापन पनि हाम्रो भोट दिने अर्को माग हो ।”
सरकारले दिएको जग्गामा लगाएको खेती÷तरकारी छाडा गोरुका कारण आफूहरुले उपभोग गर्न नै नपाउने गरेको चर्चा गर्दै रानाले बताए, “खेती बचाउन हामी तारबारको मागसमेत गर्छौ ।”
भलमन्सा चन्दा राना डेढ दशक हलिया बसेर २०५८ सालमा मुक्त भएर शिविरमा बसेपनि सिँचाइको व्यवस्था नहुँदा अहिले पनि शिविरका मुक्तकमैयाले साहुजनको खेत अँधियामा काम गर्नुपरेको उनले बताइन् । “शिविरमा सिँचाइका लागि बोरिङ गरिएको थियो ।” चन्दा रानाले भनिन्- “बिजुलीको व्यवस्था नहुँदा बोरिङसमेत सञ्चालनमा आउन सकेन शिविरको सडक, बिजुली, छाडा गोरु व्यवस्थापन, झुललगायतका माग राख्ने विषयमा बस्तीमा कुरो भइरहेको छ ।”
“विसं २०७०को संविधानसभाको निर्वाचनमा पनि नेताहरुले खुबै आश्वासन बाँडेर गए ।” तौला रानाले भने – “यो चुनावमा त लिखित सम्झौता गरेरमात्रै भोट लिन्छौँ ।” एक सय २० मुक्तकमैया परिवार रहेको उक्त शिविरमा पुनःस्थापनाका बेला प्रतिपरिवार पाँच कट्ठाका दरले जग्गा दिए तर त्यसपछि अन्य कुनै सुविधाहरु बस्तीमा नथपिएको उनको गुनासो थियो ।
“अघिल्लो चुनावमा विकासे नारा सुनेर हामीलाई थोका भयो ।” मुक्तकमैया बस्तीका छोटे रानाले भने – “यसपटक त पहिले झुल माग्छौँ अनि भोट दिन्छौँ ।” बस्तीमा नेपाली काँग्रेस, नेकपा एमाले लगायत पार्टीका नेताहरु निर्वाचनमा भोट माग्न आएको उनले बताए ।
“अब गरिबलाई आश्वासन लिएर भोट पाउने आश कसैले नगरे हुन्छ ।” रानाले भने – “अब बस्तीमा देखिने गरी विकास चाहिन्छ ।”
बस्तीमा सिलाइकटाइ, बिजुली बनाउनेदेखि धेरै सीपमूलक तालिम दाताहरुले दिए । मुक्तकमैया बस्तीका १८ वर्षीय राजाराम रानाले भने – “बस्तीमा अझै पनि बीचमै विद्यालय छाड्नेको सङ्ख्या धेरै छ ।” झलारीमा रहेको चन्द्रसूर्य हायर सेकेन्ड्री स्कुलमा प्रवीणता तह अध्ययनरत रानाले बस्तीमा प्राथमिकस्तरसम्मको विद्यालय बनाउनसमेत बस्तीमा आउने उम्मेदवारसित माग गर्ने बताए ।
“चुनावका बेला निकै आश्वासन बोकेर नेताहरु घरदैलोमा आउँछन् ।” उनले भने – “चुनाव जितेपछि फर्की नहेर्ने प्रवृत्ति छ ।” मुक्तकमैयाबाट पुनःस्थापना भएर आए पनि मुक्तकमैयाले मजदुरीका भरमा बाँच्नु परेको उनको भनाइ छ । “अहिले पनि बस्तीका युवा भारतदेखि स्थानीय झलारी बजारसम्म मजदुरी गरेर परिवारको पालनपोषण गरिरहेका छन् । पुनःस्थापना भन्दै नदीको बगरमा अलपत्र पार्ने काम भयो ।”
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












