मुक्तकमैया भन्छन् : ‘सुपानेट झुल दिनेलाई भोट दिन्छौँ’

भीमदत्तनगर, वैशाख । दुई दशकपछिको स्थानीय तहको निर्वाचनको सन्मुख बस्तीको मुहार फेर्नेदेखि सडक, यातायात, खानेपानी, स्कुल व्यवस्थापनको माग गरेका समाचार आइरहेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का मुक्तकमैया शिविरका बासिन्दा भने सुपानेट झुल वितरण गर्नेलाई भोट दिने भएका छन् ।
चुनावी माहोल बुझ्न मुक्तकमैया बस्ती पुग्दा बस्तीका भलमन्सा चन्दा रानाले झुल वितरण गर्नेलाई आफूहरुले भोट दिने बताइन् । “रातभर लामखुट्टेले टोकेर यहाँका बासिन्दा सुत्नै पाउँदैनन् ।” उनले भनिन् – “बस्तीमा तीन वर्ष पहिले दिएको झुल अहिले काम नलाग्ने भइसक्यो ।” “सुत्दा लुगा ओढे गर्मीले सहिनसक्नु हुन्छ, उस्ती सुते लामखुट्टले हैरान पार्छन्, के ठूला मागहरु राख्नु ।”
बजारको झुलभन्दा सुपानेट झुल बढी उपयोग रहेको बताउँदै मुक्तकमैया शिविरका तौला रानाले पनि झुल दिनेलाई चुनावमा भोट दिने बताए । “अहिले बस्तीमा सामूहिक रुपमा कार्यकर्तासहित भोट माग्न उम्मेदवार आएका छैनन् ।” उनले भने – “छाडा गोरु व्यवस्थापन पनि हाम्रो भोट दिने अर्को माग हो ।”
सरकारले दिएको जग्गामा लगाएको खेती÷तरकारी छाडा गोरुका कारण आफूहरुले उपभोग गर्न नै नपाउने गरेको चर्चा गर्दै रानाले बताए, “खेती बचाउन हामी तारबारको मागसमेत गर्छौ ।”
भलमन्सा चन्दा राना डेढ दशक हलिया बसेर २०५८ सालमा मुक्त भएर शिविरमा बसेपनि सिँचाइको व्यवस्था नहुँदा अहिले पनि शिविरका मुक्तकमैयाले साहुजनको खेत अँधियामा काम गर्नुपरेको उनले बताइन् । “शिविरमा सिँचाइका लागि बोरिङ गरिएको थियो ।” चन्दा रानाले भनिन्- “बिजुलीको व्यवस्था नहुँदा बोरिङसमेत सञ्चालनमा आउन सकेन शिविरको सडक, बिजुली, छाडा गोरु व्यवस्थापन, झुललगायतका माग राख्ने विषयमा बस्तीमा कुरो भइरहेको छ ।”
“विसं २०७०को संविधानसभाको निर्वाचनमा पनि नेताहरुले खुबै आश्वासन बाँडेर गए ।” तौला रानाले भने – “यो चुनावमा त लिखित सम्झौता गरेरमात्रै भोट लिन्छौँ ।” एक सय २० मुक्तकमैया परिवार रहेको उक्त शिविरमा पुनःस्थापनाका बेला प्रतिपरिवार पाँच कट्ठाका दरले जग्गा दिए तर त्यसपछि अन्य कुनै सुविधाहरु बस्तीमा नथपिएको उनको गुनासो थियो ।
“अघिल्लो चुनावमा विकासे नारा सुनेर हामीलाई थोका भयो ।” मुक्तकमैया बस्तीका छोटे रानाले भने – “यसपटक त पहिले झुल माग्छौँ अनि भोट दिन्छौँ ।” बस्तीमा नेपाली काँग्रेस, नेकपा एमाले लगायत पार्टीका नेताहरु निर्वाचनमा भोट माग्न आएको उनले बताए ।
“अब गरिबलाई आश्वासन लिएर भोट पाउने आश कसैले नगरे हुन्छ ।” रानाले भने – “अब बस्तीमा देखिने गरी विकास चाहिन्छ ।”
बस्तीमा सिलाइकटाइ, बिजुली बनाउनेदेखि धेरै सीपमूलक तालिम दाताहरुले दिए । मुक्तकमैया बस्तीका १८ वर्षीय राजाराम रानाले भने – “बस्तीमा अझै पनि बीचमै विद्यालय छाड्नेको सङ्ख्या धेरै छ ।” झलारीमा रहेको चन्द्रसूर्य हायर सेकेन्ड्री स्कुलमा प्रवीणता तह अध्ययनरत रानाले बस्तीमा प्राथमिकस्तरसम्मको विद्यालय बनाउनसमेत बस्तीमा आउने उम्मेदवारसित माग गर्ने बताए ।
“चुनावका बेला निकै आश्वासन बोकेर नेताहरु घरदैलोमा आउँछन् ।” उनले भने – “चुनाव जितेपछि फर्की नहेर्ने प्रवृत्ति छ ।” मुक्तकमैयाबाट पुनःस्थापना भएर आए पनि मुक्तकमैयाले मजदुरीका भरमा बाँच्नु परेको उनको भनाइ छ । “अहिले पनि बस्तीका युवा भारतदेखि स्थानीय झलारी बजारसम्म मजदुरी गरेर परिवारको पालनपोषण गरिरहेका छन् । पुनःस्थापना भन्दै नदीको बगरमा अलपत्र पार्ने काम भयो ।”
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...











