फेसबुकबाट मायाप्रिति, इन्जिनियर ठानेर बिहे गरेको केटो १० कक्षा पास
काठमाडौं, २९ बैशाख । इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरू भेटघाट गर्न थाले ।
मीठा कुरा गर्ने तिमल्सिनाले शिलालाई सजिलै प्रभावमा पारे । छोटो अवधिमै उनीहरू प्रेमी–प्रेमिका भए । काठमाडौंमा घर भएको इन्जिनियर केटो भनेपछि परिवारले पनि तिमल्सिनासँग उनको बिहे गराउन हतार गरे । गत फागुनमा उनीहरूको बिहे भयो ।
बिहेमा परिवार व्यस्त भएकाले आउन नपाएको तिमल्सिनाले बताएका थिए । आफ्ना साथीहरूलाई आफन्त भन्दै उनले बोलाएका थिए । जसले गर्दा शिलाको परिवारमा बिहेकै दिनमा शंका उत्पन्न भएको थियो । बिहेको करिब दुई महिनापछि श्रीमानको झोलामा शिलाले बिमासम्बन्धी कागजपत्र भेट्टाइन् ।
केही बच्चाहरूको बिमा गरेको कागज थियो, जसमा आफ्नो श्रीमानको नाम बुबा भनेर उल्लेख थियो । पहिलेदेखि नै श्रीमानको व्यवहार उनलाई केही शंकास्पद लागेको थियो । त्यो कागजपत्र देखेर उनी झस्किइन् । श्रीमानसँग केरकार गर्दा उनले पहिले नै बिहे गरिसकेको र सन्तानसमेत रहेको खुल्यो । त्यसपछि उनी माइती गइन् । माइतीमा सल्लाह गरेर श्रीमानविरुद्ध उजुरी दिइन् । महानगरीय प्रहरी परिसर ललितपुरले तिमल्सिनालाई गत २१ वैशाखमा पक्राउ गरेको छ ।
आर्थिक लाभ लिने उद्देश्यले उनले आफू इन्जिनियर भएको भन्दै ढाँटेर युवतीसँग बिहे गरेको खुलेको छ । तिमल्सिनाले बिहेका नाममा पैसा र सुन लिएर ठगीसमेत गरेको परिसरका डिएसपी ईश्वर कार्कीले बताए । बिहेका लागि भन्दै उनले युवतीको माइतीबाट दुई लाख नगद र सुनका गहना लिएका थिए । एकान्तकुनामा डेरामा बस्दै आएका तिमल्सिनाका जेठी श्रीमती र बच्चाहरू भने गाउँमै छन् ।
सिन्धुपाल्चोक बलेफी घर भएका उनी पहिलेदेखि नै ठगीमा संलग्न रहेको प्रहरीले जनाएको छ । दुई वर्षअघि काठमाडौंमा ठगीकै आरोपमा पक्राउ परेका उनलाई अदालतले समेत दोषी ठहर गरी कैद सजाय सुनाइसकेकोमा उनी फरार थिए । फेसबुकमा युवतीहरूलाई साथी बनाउने र आफू इन्जिनियर भएको भन्दै उनले प्रभावमा पारेर नजिकिने गरेका थिए ।
इन्जिनियर भनेपछि युवतीहरू नजिकिने भएकाले तिमल्सिनाले त्यस्तो तरिका अपनाएका थिए । अरू केटीहरूलाई पनि उनले ठगी गरेको हुन सक्ने प्रहरी आशंका छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












