मेलम्चीले खनेको सडकका कारण १० मिनेट पानी पर्दा पनि काठमाडौंमा घण्टौंको जाम
काठमाडौं, २३ असार । उपत्यकामा करिब १० मिनेट ठूलो पानी पर्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । फुटेका र जाम भएका ढलका कारण पानी सडकमै जम्मा हुँदा ट्राफिक जाम हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० मिनेट मुुसलधारे पानी पर्यो भने करिब २५५ ट्राफिक समस्या थपिन्छ ।
मेलम्ची खानेपानी आयोजनाले खनेका सडकमा ढलको समस्या बढेको छ । केहीबेर पानी पर्दा एक दर्जनभन्दा बढी ठाउँमा ढलको पानी सडकमा आएर डुबान हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
यी सडकहरू बढी डुबानमा पर्छन्
पुतलीसडक, जमल, थापाथली, त्रिपुरेश्वर, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गोपीकृष्ण, बालाजु, तिनकुने, कलंकीदेखि नागढुंगासम्मको सडक,भोटेबहाल र मैतीदेवी क्षेत्र धेरै डुबानमा पर्ने खडकखण्ड भएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुुसुदन सिलवालले बताए ।
‘सडक डुबानमा परेपछि मोटरसाइकल तथा साना सवारीसाधन खाल्डोखुल्डीमा पर्ला भनेर त्यो बाटोको प्रयोग गर्दैनन्,’ सिलवालले भने, ‘त्यसले थप ट्राफिक समस्या निम्त्याउँछ ।’
ढलको सरसफाइ र मेलम्चीको समस्या समाधान नभएसम्म यो समस्याबाट चाँडै छुटकारा नपाइने उनले बताए । मेलम्चीको पाइप ओछ्याउन उपत्यकामा २५ देखि ३० ठाउँमा खनेका ठुल्ठूला खाल्डाले झन् समस्या आएको ट्राफिक महाशाखाले जनाएको छ ।
खाल्डामा पानी जम्मा भएपछि सवारीचालकले अर्को रुट प्रयोग गर्दा जाम बढ्ने र त्यसको असर सबैतिर पर्ने गरेको प्रहरी निरीक्षक सिलवालले बताए । –नयाँ पत्रिका दैनिकबाट
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












