मान्छे मार्नेलाई डेढ करोड क्षतिपूर्ति, अर्काको ज्यान जोगाउने हबल्दारलाई १५ सय पुरस्कार
काठमाडौं, २७ असार । मतदानस्थलमा फ्याकिएको बम समात्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई सम्मान गरेको छ । तुलसीपुर ३, अम्बासस्थित आधारभूत निम्न माध्यमिक विद्यालय मतदान केन्द्रमा बुथलाई मध्यनजर गर्दै प्रहार गरेको बम हातमा थापेर फालेका थिए। रानाले हातमा बम थापेर फालेका कारण त्यहाँ कुनै मानवीय क्षति भने हुन पाएन। त्यसपछि उनी निकै चर्चामा आए । गृहमन्त्री जनार्दश शर्माले समेत उनलाई बधाई दिँदै पुरस्कार दिने घोषणा गरे । उनको घोषणापछि हवल्दार राना झन चर्चामा आए ।
गृहमन्त्री शर्माले बचनबद्धता अनुसार गृहमन्त्रालयले केही प्रहरी अफिसर जम्मा गरेर मतदान स्थलमा फ्याकिएको बम हातले समातेर पर फाल्ने प्रहरी हबल्दार रानालाई सम्मान त गरे । तर त्यो एकदमै लज्जास्पद भयो । धेरैले कल्पना गरेका थिए गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले ती हवल्दारको राम्रो मुल्यांकन गर्नेछन् र पद बढुवा गर्नेछन् । तर उनले दोशल्ला र १५ सय रुपैयाँ दिएर पुरस्किृत गरियो ।
के सम्मान पुरस्कार मिल्यो भन्ने कुरा एकदमै लज्जास्पद र अचम्म लाग्दो छ । प्रहरीको मनोबल बढाउने काम गर्छु भनेका गृहमन्त्रीले आफ्नै मातहतका जवानको यसरी गिराएका छन्, त्यो निकै लज्जास्पद छ । आफ्ना जिउँ ज्यानको प्रवाह नगरी जनतालाई बचाउन लागिपरेका हवल्दारलाई १५ सय रुपैयाँ दिएर सम्मानको साटो अपमान गरेका छन् ।
उक्त सम्मानका विषयमा गृहमन्त्रालयका अधिकारीलाई समेत जानकारी नभएको प्रतिक्रिया दिएका छन् । ‘गृहमन्त्रीज्यूले के कसरी गर्नुभयो त्यो मलाई थाहा भएन्’ गृहमन्त्रालयका सुचनाअधिकारी भविश्वर पाण्डेले भने ।
सामाजिक सञ्जालमा भाईरलः
मतदान स्थलमा फालिएको बम समातेर ठूलो क्षति हुनबाट बचाउने हबल्दार राना सामाजिक सञ्जालमा निकै चर्चामा आए । कतिपयले उनलाई प्रहरीको सच्चा हिरो समेत भने । सायद गृहमन्त्री शर्माले सामाजिक सञ्जालको प्रभावबाटै होला उनलाई पुरस्कार दिने घोषणा गरेको ।
गृहमन्त्री शर्माले नै सम्मान गर्ने बताएपछि त्यो विषय झन चर्चामा आयो । तर अन्तमा सबैले सोचेको तथा अनुमान गरेको भन्दा फकर भयो । उनलाई सम्मानस्वरुप जम्मा १५ सय रुपैयाँ दिईयो । जुन विषय सामाजिक सञ्जालमा फेरी पनि भाईरल भएको छ । सामाजिक सञ्जालमा एसएसपीसहित ९ जना मार्नेलाई पुरस्कारस्वरुप डेढ करोड दिने तर ज्यानको बाजी थापेर अर्काको ज्यान जोगाउने प्रहरीलाई १५ सय मात्र भन्दै विरोध भईरहेको छ ।
गृहमन्त्रीको स्पष्टिकरणः

गृहमन्त्री शर्माले भने यो विषय झुट र भ्रामक भएको प्रतिक्रिया दिएका छन् । उनले हबल्दार राना गृह मन्त्रालयमा भेट्न आएको र आफुले धन्यबाद मात्र दिएको बताएका छन् । गृहमन्त्रीले हबल्दार रानालाई पुरस्कार स्वरुप १५ सय रुपैयाँ दिए भन्ने विषय भाईरल भएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जाज मार्फत भनेका छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












