सहयोग नपाएपछि खुलेका एचआइभी संक्रमितहरु पलायन हुन थाले
म्याग्दी, १५ साउन । पीडा र पश्चाताप त्याग्दै निराशालाई साहसमा बदलेर खुलेका म्याग्दीका एचआइभी संक्रमित पछिल्लो समय पलायन हुन थालेका छन् । एचआइभी संक्रमण हुनु जीवनको समाप्ति नभएर नयाँ जीवनको सुरुवात हो भन्ने सन्देश दिन खुलेका संक्रमितहरु सामाजिकरुपमा संरक्षण नपाउँदा जीविकोपार्जनमा समस्या भएपछि पलायन भएका हुन् ।
संक्रमितलाई संरक्षण, सहयोग तथा परामर्श दिने र एचआइभी एड्स न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सात वर्षअघि बेनीमा स्थापना गरिएको गुप्त सेवा मार्ग दर्शन सहयोग समितिसमेत तीन वर्षयता निष्क्रिय बनेको छ ।
जिल्लाका संक्रमितलाई सहयोग र संरक्षण गर्दै उनीहरुको जीविकोपार्जनका लागि सहयोग गर्न संस्था खोलेर केही वर्ष आफ्नो रोगबारे समाजमा खुलेर जनचेतना फैलाउने कार्यमा सक्रिय भए पनि पछिल्लो समय आर्थिक अभावमा संस्था बन्द भएपछि खुलेका संक्रमित पनि पलायन भएको संस्थाका अध्यक्ष होमबहादुर पुर्जाले बताए ।
अध्यक्ष पुर्जाका अनुसार ग्रामीण क्षेत्रमा संक्रमितलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा परिवर्तन आउन नसकेको अवस्थामा आफ्नै परिवार र समाजबाट समेत अपहेलित बनेका संक्रमितलाई संरक्षण तथा सहयोग गर्न खोलिएको संस्थासँग हाल ५२ जना संक्रमित सम्पर्कमा रहेका छन् ।
संरक्षण र जीविकोपार्जनका लागि समस्या भएपछि खुलेका संक्रमित पनि जिल्ला बाहिर पलायन हुने तथा नयाँ संक्रमित नखुल्दा एचआइभी न्यूनीकरणमा चुनौती थपिएको संस्थाका सल्लाहकार मुक्ति ढुंगानाले जानकारी दिए । संक्रमितको जीवनयापन सहज बनाउनका लागि स्वास्थ्य मन्त्रालय तथा एचआइभीसम्बन्धी कार्यक्रम गरिरहेका सङ्घसंस्थासँग सामूहिक पशुपालन, तरकारीखेती एवं सीपयुक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । रासस
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











