सहयोग नपाएपछि खुलेका एचआइभी संक्रमितहरु पलायन हुन थाले
म्याग्दी, १५ साउन । पीडा र पश्चाताप त्याग्दै निराशालाई साहसमा बदलेर खुलेका म्याग्दीका एचआइभी संक्रमित पछिल्लो समय पलायन हुन थालेका छन् । एचआइभी संक्रमण हुनु जीवनको समाप्ति नभएर नयाँ जीवनको सुरुवात हो भन्ने सन्देश दिन खुलेका संक्रमितहरु सामाजिकरुपमा संरक्षण नपाउँदा जीविकोपार्जनमा समस्या भएपछि पलायन भएका हुन् ।
संक्रमितलाई संरक्षण, सहयोग तथा परामर्श दिने र एचआइभी एड्स न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सात वर्षअघि बेनीमा स्थापना गरिएको गुप्त सेवा मार्ग दर्शन सहयोग समितिसमेत तीन वर्षयता निष्क्रिय बनेको छ ।
जिल्लाका संक्रमितलाई सहयोग र संरक्षण गर्दै उनीहरुको जीविकोपार्जनका लागि सहयोग गर्न संस्था खोलेर केही वर्ष आफ्नो रोगबारे समाजमा खुलेर जनचेतना फैलाउने कार्यमा सक्रिय भए पनि पछिल्लो समय आर्थिक अभावमा संस्था बन्द भएपछि खुलेका संक्रमित पनि पलायन भएको संस्थाका अध्यक्ष होमबहादुर पुर्जाले बताए ।
अध्यक्ष पुर्जाका अनुसार ग्रामीण क्षेत्रमा संक्रमितलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा परिवर्तन आउन नसकेको अवस्थामा आफ्नै परिवार र समाजबाट समेत अपहेलित बनेका संक्रमितलाई संरक्षण तथा सहयोग गर्न खोलिएको संस्थासँग हाल ५२ जना संक्रमित सम्पर्कमा रहेका छन् ।
संरक्षण र जीविकोपार्जनका लागि समस्या भएपछि खुलेका संक्रमित पनि जिल्ला बाहिर पलायन हुने तथा नयाँ संक्रमित नखुल्दा एचआइभी न्यूनीकरणमा चुनौती थपिएको संस्थाका सल्लाहकार मुक्ति ढुंगानाले जानकारी दिए । संक्रमितको जीवनयापन सहज बनाउनका लागि स्वास्थ्य मन्त्रालय तथा एचआइभीसम्बन्धी कार्यक्रम गरिरहेका सङ्घसंस्थासँग सामूहिक पशुपालन, तरकारीखेती एवं सीपयुक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । रासस
Comments
अरु समाचार
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...












