डीआईजी सर्वेन्द्र खनाल भन्छन्, ‘गुण्डाका टिपरको लगत मसँग छ, धमाधम कारबाही गर्छु’

काठमाडौं, १६ साउन । महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी सर्वेन्द्र खनाल यतिबेला काठमाडौंको सवारी जाम व्यवस्थापन गर्ने उपायको खोजीमा छन् । लामो समयको जामले आजित बनिसकेका राजधानीबासीलाई केही हदसम्म भएपनि राहत दिन खनाल हरेक कोणको अध्ययनन गरिरहेका छन् । प्रहरी प्रवक्ताबाट महानगरीय ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पाएका खनाल जसरी पनि राजधानीको सवारी जाम हटाउने तर्फ लागेका छन् । प्रवक्ताबाट ट्राफिक प्रमुखको जिम्मेवारी पाएलगत्तै ट्राफिक प्रहरी अधिकारीलाई कडा निर्देशन दिएका थिए । निर्देशनका क्रममा खनालले जसरी पनि जाम व्यवस्थापन गर्नु भनेका थिए । तर उनले भनेअनुसार हुन सकिरहेको छैन् ।
महानगरसँग ट्राफिक प्रहरीको छलफलः
खनालले सडकमा आतंक मच्चाउने टिपरमाथि कारबाही थाल्ने चेतावनी दिएका छन् । टिपर ब्यवसायमा गुण्डाको लगानी मौलाएको भन्दै त्यस्ता टिपर बन्द गर्ने चेतावनी दिएका हुन् । तीव्र गतिमा दौडिने, नियम नमान्ने र अरु सवारी तथा यात्रुलाई पेल्ने र ओभरलोड बोकेर सडक विगार्ने गरेको भन्दै टिपरहरु बढी आलोचित छन् । ट्राफिक प्रहरीमा पनि टिपरले सकडमा आतंक सिर्जना गरेको भन्दै धेरै गुनासो आउने गरेका छन् ।
खनालले डाँडा पाखा ओगट्ने र क्रसर चलाएर सडकमा पनि टिपर आतंक फैलाउने प्रवत्ति हटाउन जरुरी रहेको बताए । “टिपरले सडकमा मललाग्दी गर्ने कारणमध्ये गुण्डाको लगानी पनि हो । मसँग त्यस्ताको नाममा रहेको ट्रिपरको लगत छ” डीआईजी खनालले भने ‘त्यसको सातो मात्रै लिने होइन, तिनमा नामका टिपर बन्द गराउँछु ।’
खनालले अनुभूति हुने गरी काठमाडौंको ट्राफिक ब्यवस्थापन सुधार हुने दाबी गरे । आफूले काम सुरु गरिसकेको भन्दै उनले सबै पक्षको सहयोग भए केही समयमै रिजल्ट देखिने बताए । ‘अब ट्राफिक प्रहरी कारवाहीमा मात्रै केन्द्रित हुँदैन । सडक संरचना नभएका स्थानमा बसेर चिट पनि काट्दैन’ खनालले भने, ‘कारवाही अघि मानवीय दृष्टिकोण पनि ट्राफिकले राख्छ ।’ कानुनको कार्यान्वननका लागि प्रहरी संगठन बनेको भन्दै कानुन मिच्नेलाई कारवाही गर्न पछि नहट्ने पनि स्पष्ट गरे । उनले भने, म हाँसेरै काम गर्छु तर, सँधै हाँस्न मात्र मात्रै मैले जानेको छैन ।’
खनालले ट्राफिक ब्यवस्थापनका लागि महानगर, सडक विभाग लगायतका सरोकारवाला निकायको एक्सन टिम बनाउनुपर्ने उनले बताए । ‘काठमाडौं महानगरले एउटा मोबाइल भ्यानको ब्यवस्था गरोस् । एउटा शक्तिसम्पन्न टिम बनाएर हामी सडकमा निस्कौं’ उनले भने, ‘जहाँ समस्या भेटिन्छ, त्यसलाई तत्काल समाधान गरौं । ५ मिनेट डोजर लगाउँदा समाधान हुने कामका लागि प्रक्रिया हेरेर नबसौं ।’
Comments
अरु समाचार
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...












