डीआईजी सर्वेन्द्र खनाल भन्छन्, ‘गुण्डाका टिपरको लगत मसँग छ, धमाधम कारबाही गर्छु’

काठमाडौं, १६ साउन । महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी सर्वेन्द्र खनाल यतिबेला काठमाडौंको सवारी जाम व्यवस्थापन गर्ने उपायको खोजीमा छन् । लामो समयको जामले आजित बनिसकेका राजधानीबासीलाई केही हदसम्म भएपनि राहत दिन खनाल हरेक कोणको अध्ययनन गरिरहेका छन् । प्रहरी प्रवक्ताबाट महानगरीय ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पाएका खनाल जसरी पनि राजधानीको सवारी जाम हटाउने तर्फ लागेका छन् । प्रवक्ताबाट ट्राफिक प्रमुखको जिम्मेवारी पाएलगत्तै ट्राफिक प्रहरी अधिकारीलाई कडा निर्देशन दिएका थिए । निर्देशनका क्रममा खनालले जसरी पनि जाम व्यवस्थापन गर्नु भनेका थिए । तर उनले भनेअनुसार हुन सकिरहेको छैन् ।
महानगरसँग ट्राफिक प्रहरीको छलफलः
खनालले सडकमा आतंक मच्चाउने टिपरमाथि कारबाही थाल्ने चेतावनी दिएका छन् । टिपर ब्यवसायमा गुण्डाको लगानी मौलाएको भन्दै त्यस्ता टिपर बन्द गर्ने चेतावनी दिएका हुन् । तीव्र गतिमा दौडिने, नियम नमान्ने र अरु सवारी तथा यात्रुलाई पेल्ने र ओभरलोड बोकेर सडक विगार्ने गरेको भन्दै टिपरहरु बढी आलोचित छन् । ट्राफिक प्रहरीमा पनि टिपरले सकडमा आतंक सिर्जना गरेको भन्दै धेरै गुनासो आउने गरेका छन् ।
खनालले डाँडा पाखा ओगट्ने र क्रसर चलाएर सडकमा पनि टिपर आतंक फैलाउने प्रवत्ति हटाउन जरुरी रहेको बताए । “टिपरले सडकमा मललाग्दी गर्ने कारणमध्ये गुण्डाको लगानी पनि हो । मसँग त्यस्ताको नाममा रहेको ट्रिपरको लगत छ” डीआईजी खनालले भने ‘त्यसको सातो मात्रै लिने होइन, तिनमा नामका टिपर बन्द गराउँछु ।’
खनालले अनुभूति हुने गरी काठमाडौंको ट्राफिक ब्यवस्थापन सुधार हुने दाबी गरे । आफूले काम सुरु गरिसकेको भन्दै उनले सबै पक्षको सहयोग भए केही समयमै रिजल्ट देखिने बताए । ‘अब ट्राफिक प्रहरी कारवाहीमा मात्रै केन्द्रित हुँदैन । सडक संरचना नभएका स्थानमा बसेर चिट पनि काट्दैन’ खनालले भने, ‘कारवाही अघि मानवीय दृष्टिकोण पनि ट्राफिकले राख्छ ।’ कानुनको कार्यान्वननका लागि प्रहरी संगठन बनेको भन्दै कानुन मिच्नेलाई कारवाही गर्न पछि नहट्ने पनि स्पष्ट गरे । उनले भने, म हाँसेरै काम गर्छु तर, सँधै हाँस्न मात्र मात्रै मैले जानेको छैन ।’
खनालले ट्राफिक ब्यवस्थापनका लागि महानगर, सडक विभाग लगायतका सरोकारवाला निकायको एक्सन टिम बनाउनुपर्ने उनले बताए । ‘काठमाडौं महानगरले एउटा मोबाइल भ्यानको ब्यवस्था गरोस् । एउटा शक्तिसम्पन्न टिम बनाएर हामी सडकमा निस्कौं’ उनले भने, ‘जहाँ समस्या भेटिन्छ, त्यसलाई तत्काल समाधान गरौं । ५ मिनेट डोजर लगाउँदा समाधान हुने कामका लागि प्रक्रिया हेरेर नबसौं ।’
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












