खाल्डोमा डुबेर बालिका ज्यान गुमाएका बालिकाहरुको शव सडकमा राखेर विरोध प्रदर्शन

रौतहट, २२ साउन । सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालिकाहरुका आफन्तले प्रर्दशन सुरु गरेका छन् । मृतकका आफन्त, परिवार र स्थानीयले आईतबार बिहानदेखि नै रौतहट गरुडा नगरपालिकास्थित इलाका प्रहरी कार्यालय अगाडि शव सडकमा राखेर सडक क्षेत्र अवरुद्ध गरेका हुन् । शनिबार खाल्डोमा परेर चार बालिकाको मृत्यु भएको थियो।
पीडित परिवारले सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको लापरबाहीको कारण बालिकाहरुको मृत्यु भएको भन्दै क्षतिपूर्ति माग गरेका छन्। पीडित परिवारले दोषीलाई कारबाहीको माग समेत गरेका छन्। आफ्ना माग पूरा नभएसम्म बालिकाको अन्तिम सस्कार नगर्ने र प्रर्दशन जारी राख्ने उनीहरुले बताएका छन्। प्रर्दशनको कारण सवारी आवागमन र बजारक्षेत्र प्रभावित बनेको छ।
शनिबार दिउँसो घाँस काटेर फर्किने क्रममा गर्मी भएकाले खाल्डोमा नुहाउँने क्रममा डुबेर गरुडा नगरपालिका–४ स्थित स्थानीय राम एकवाल साहकी दुई छोरी १२ वर्षीया सुनीता साह र ९ वर्षीया संगीता साहको निधन भएको थियो। यस्तै स्थानीय प्रेम साहकी ९ वर्षीया छोरी सुस्मिता साह र योगेन्द्र साहकी ९ वर्षीया छोरी सुनैना साहको पनि मृत्यु भएको थियो।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











