विमलेन्द्र निधीका अंगरक्षकद्धारा टिकट निःशुल्क नदिएको भन्दै पेस्तोल निकालेर उडाउने धम्की
काठमाडौं, २६ साउन । पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले कीर्तिपुरको फन पार्कमा निःशुल्क प्रवेश नपाएपछि कर्मचारीलाई धम्की दिएका छन् ।चोभारस्थित ‘हुपिल्याण्ड एम्युजमेन्ट एन्ड वाट पार्क’को टिकट काउन्टरका कर्मचारीले निःशुल्क प्रवेश नदिएपछि प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा दरबन्दी भई निधिको अंगरक्षकमा खटिएका असई नागेन्द्र राउतले साथमा रहेको पेस्तोल ताकेर ज्यान मार्ने धम्की दिएका हुन् ।
घटना हो, मंगलबार दिउँसो १ बजेको । प्रहरी प्रधान कार्यालयका अनुसार निधिका स्वकीय सचिव विश्वास विक्रम तथा उनको परिवार लिएर पेस्तोलसहित चोभार पुगेका असई राउतले आफू प्रहरी भएको भन्दै निःशुल्क प्रवेश गर्न खोजेका थिए । पार्कले बालबालिकाका लागि ४ सय ७५ र अन्यलाई ८ सय २५ रुपैयाँ शुल्कको व्यवस्था गरेको छ । तर, काउन्टरका कर्मचारीले प्रहरी बाहेक अरुलाई शुल्क तिरेर मात्रै प्रवेश दिने भनेपछि राउतले कम्मरको पेस्तोल निकालेर ‘उडाइदिने’ धम्की दिए ।
त्यसपछि पार्कमा हल्लाखल्ला मात्रै भएन, केहीबेरमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट भ्यान आइपुग्यो ।असई राउतलाई समेत पक्राउ गरी कीर्तिपुर प्रहरीले वृत्तमा पुर्यायो । केहीघण्टा वृत्तकै नियन्त्रणमा रहेका राउत नेताको दबाबबाट छुटेको खबर कारोबार दैनिकमा छ । यसबारे प्रहरी प्रधान कार्यालय कार्य विभागले समेत गृहसचिव लोकदर्शन रेग्मीलाई समेत जानकारी गरायो । तर, माथीको दबाब थेग्न नसकेपछि प्रहरी राउतलाई छोड्न बाध्य भएको स्रोतले जानकारी दियो ।
“प्रहरी भएकै कारण फनपार्कमा निःशुल्क प्रवेश पाउनुपर्छ भन्नु गलत हो, त्यस्तो छुट प्रहरीका कुनैपनि कर्मचारीलाई छैन,” प्रहरी प्रधान कार्यालय कार्यविभागका एक अधिकारीले भने, “यसबारे हामीले राउतमाथि छानबिन गरिसकेका छौं, त्यस्तै चरित्र भएका केही कर्मचारीका कारण सिंगो संगठनको वदनाम भएको छ ।” निधिको सुरक्षामा खटिएका राउत उनका स्वकीय सचिवसँग हतियारसहित किन गए भन्नेबारे पनि प्रहरीले छानबिन थालेको छ ।
नेताका स्वकीय सचिव व कार्यकर्ता तथा तिनका परिवारसँग हतियारसहित जानु नै गैरकानुनी र हतियारको दुरुपयोग भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि पनि नेता, व्यापारी तथा प्रशासकका अंगरक्षक गैरकानुनी गतिविधि तथा हतियारको दुरुपयोगमा संलग्न भएका थिए ।
Comments
अरु समाचार
-
आज चार मन्त्री थपिँदै, शपथ पनि आजै
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार)मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले चौंथो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन्...
-
वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक: महामन्त्री विश्वप्रकाश शर्मा !
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचन वैशाखमा सार्न प्रस्ताव गरेका छन् । शर्माले शुक्रबार सामाजिक सञ्जालमा...
-
एमाले सचिवालय बैठकमा आज विधान संशोधन प्रस्ताव लैजाने तयारी
काठमाडौ । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक...
-
निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
काठमाडौं । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...












