विमलेन्द्र निधीका अंगरक्षकद्धारा टिकट निःशुल्क नदिएको भन्दै पेस्तोल निकालेर उडाउने धम्की
काठमाडौं, २६ साउन । पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले कीर्तिपुरको फन पार्कमा निःशुल्क प्रवेश नपाएपछि कर्मचारीलाई धम्की दिएका छन् ।चोभारस्थित ‘हुपिल्याण्ड एम्युजमेन्ट एन्ड वाट पार्क’को टिकट काउन्टरका कर्मचारीले निःशुल्क प्रवेश नदिएपछि प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा दरबन्दी भई निधिको अंगरक्षकमा खटिएका असई नागेन्द्र राउतले साथमा रहेको पेस्तोल ताकेर ज्यान मार्ने धम्की दिएका हुन् ।
घटना हो, मंगलबार दिउँसो १ बजेको । प्रहरी प्रधान कार्यालयका अनुसार निधिका स्वकीय सचिव विश्वास विक्रम तथा उनको परिवार लिएर पेस्तोलसहित चोभार पुगेका असई राउतले आफू प्रहरी भएको भन्दै निःशुल्क प्रवेश गर्न खोजेका थिए । पार्कले बालबालिकाका लागि ४ सय ७५ र अन्यलाई ८ सय २५ रुपैयाँ शुल्कको व्यवस्था गरेको छ । तर, काउन्टरका कर्मचारीले प्रहरी बाहेक अरुलाई शुल्क तिरेर मात्रै प्रवेश दिने भनेपछि राउतले कम्मरको पेस्तोल निकालेर ‘उडाइदिने’ धम्की दिए ।
त्यसपछि पार्कमा हल्लाखल्ला मात्रै भएन, केहीबेरमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट भ्यान आइपुग्यो ।असई राउतलाई समेत पक्राउ गरी कीर्तिपुर प्रहरीले वृत्तमा पुर्यायो । केहीघण्टा वृत्तकै नियन्त्रणमा रहेका राउत नेताको दबाबबाट छुटेको खबर कारोबार दैनिकमा छ । यसबारे प्रहरी प्रधान कार्यालय कार्य विभागले समेत गृहसचिव लोकदर्शन रेग्मीलाई समेत जानकारी गरायो । तर, माथीको दबाब थेग्न नसकेपछि प्रहरी राउतलाई छोड्न बाध्य भएको स्रोतले जानकारी दियो ।
“प्रहरी भएकै कारण फनपार्कमा निःशुल्क प्रवेश पाउनुपर्छ भन्नु गलत हो, त्यस्तो छुट प्रहरीका कुनैपनि कर्मचारीलाई छैन,” प्रहरी प्रधान कार्यालय कार्यविभागका एक अधिकारीले भने, “यसबारे हामीले राउतमाथि छानबिन गरिसकेका छौं, त्यस्तै चरित्र भएका केही कर्मचारीका कारण सिंगो संगठनको वदनाम भएको छ ।” निधिको सुरक्षामा खटिएका राउत उनका स्वकीय सचिवसँग हतियारसहित किन गए भन्नेबारे पनि प्रहरीले छानबिन थालेको छ ।
नेताका स्वकीय सचिव व कार्यकर्ता तथा तिनका परिवारसँग हतियारसहित जानु नै गैरकानुनी र हतियारको दुरुपयोग भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि पनि नेता, व्यापारी तथा प्रशासकका अंगरक्षक गैरकानुनी गतिविधि तथा हतियारको दुरुपयोगमा संलग्न भएका थिए ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












