डा. गोविन्द केसीको ‘मुटु कुनै पनि बेला बन्द’ हुनसक्ने स्याहारमा संलग्न चिकित्सको चेतावनी
काठमाडौं, २९ साउन । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भिर असर परिरहेको चिकित्सकहरुले बताएका छन् । २१ दिनदेखि अनसनमा बसिरहेका डा. केसीको स्वास्थ्यमा जटिल समस्या आएको भन्दै कुनै पनि समय मुटु बन्द हुन सक्ने चेतावनी दिएका छन् । स्याहारमा संलग्न चिकित्सकले डा. केसीलाई कुनै पनि समय मुटु अचानक बन्द हुन सक्ने समस्या आउँने वा संक्रमण हुनसक्ने सम्भावना औंल्याएका हुन् ।
त्रिवि शिक्षण अस्पताल हातामा आमरण अनसन जारी राखेका केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल र खतरा रहेको उनको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकहरुले बताएका हुन् । उनको उपचारमा संलग्न प्रा. डा. प्रदीपकृष्ण श्रेष्ठका अनुसार डा. केसीको स्वास्थ्य निरन्तर खस्कदो छ र उनलाई जतिबेला पनि मुटु बन्द हुने समस्या (कार्डियाक अरेस्ट) हुनसक्छ ।
डा. केसी निरन्तर अक्सिजनको सहायतामा छन् भने रगतमा सेतो रक्तकणको संख्या पनि घट्दो रहेको छ । उनमा निरन्तर मांशपेशी दुख्ने, टाउको हलुङ्गो लाग्ने, छाति गह्रौ हुने र रिंगटा लाग्ने समस्या देखिएको छ ।
उनको शरीरको रक्तचाप र अक्सिजनको स्तर समेत निकै तल रहेको चिकित्सको भनाई छ । उनको मुटुको चाल कहिलेकाही दुई सय भन्दा बढी पटक समेत हुने गरेको प्रा. डा. श्रेष्ठले बताए । उनको ब्लड सुगर, एलेक्ट्रोलाइट, पोटासियम, म्याग्नेसियम, फस्फोरस र क्याल्सियम तल्लो स्तरमा रहेकाले पनि मुटु अचानक बन्द हुन सक्ने जोखिम बढेको उनको भनाई छ ।
Comments
अरु समाचार
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...












