डा. गोविन्द केसीको ‘मुटु कुनै पनि बेला बन्द’ हुनसक्ने स्याहारमा संलग्न चिकित्सको चेतावनी
काठमाडौं, २९ साउन । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भिर असर परिरहेको चिकित्सकहरुले बताएका छन् । २१ दिनदेखि अनसनमा बसिरहेका डा. केसीको स्वास्थ्यमा जटिल समस्या आएको भन्दै कुनै पनि समय मुटु बन्द हुन सक्ने चेतावनी दिएका छन् । स्याहारमा संलग्न चिकित्सकले डा. केसीलाई कुनै पनि समय मुटु अचानक बन्द हुन सक्ने समस्या आउँने वा संक्रमण हुनसक्ने सम्भावना औंल्याएका हुन् ।
त्रिवि शिक्षण अस्पताल हातामा आमरण अनसन जारी राखेका केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल र खतरा रहेको उनको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकहरुले बताएका हुन् । उनको उपचारमा संलग्न प्रा. डा. प्रदीपकृष्ण श्रेष्ठका अनुसार डा. केसीको स्वास्थ्य निरन्तर खस्कदो छ र उनलाई जतिबेला पनि मुटु बन्द हुने समस्या (कार्डियाक अरेस्ट) हुनसक्छ ।
डा. केसी निरन्तर अक्सिजनको सहायतामा छन् भने रगतमा सेतो रक्तकणको संख्या पनि घट्दो रहेको छ । उनमा निरन्तर मांशपेशी दुख्ने, टाउको हलुङ्गो लाग्ने, छाति गह्रौ हुने र रिंगटा लाग्ने समस्या देखिएको छ ।
उनको शरीरको रक्तचाप र अक्सिजनको स्तर समेत निकै तल रहेको चिकित्सको भनाई छ । उनको मुटुको चाल कहिलेकाही दुई सय भन्दा बढी पटक समेत हुने गरेको प्रा. डा. श्रेष्ठले बताए । उनको ब्लड सुगर, एलेक्ट्रोलाइट, पोटासियम, म्याग्नेसियम, फस्फोरस र क्याल्सियम तल्लो स्तरमा रहेकाले पनि मुटु अचानक बन्द हुन सक्ने जोखिम बढेको उनको भनाई छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












