आयल निगमद्धारा २० करोड क्षतिपुर्ति माग गर्दै नागरिक राष्ट्रिय दैनिकविरुद्ध मुद्दा दायर

काठमाडौं, १ भदौं । नेपाल आयल निगमले नागरिक राष्ट्रिय दैनिक विरुद्ध मुद्धा दायर गरेको छ । पेट्रोलियम पदार्थ भण्डारण गर्ने उद्देश्य राखी खरिद गरेको जग्गामा आर्थिक चलखेल भएको समाचार निरन्तर रुपमा प्रकाशन गरी आएको भन्दै निगमले नागरिक राष्ट्रिय दैनिकको प्रबन्ध संचालक बिनोद राज ज्ञवाली, संचालक शोभा ज्ञवाली, सम्पादक गुणराज लुईटेल, र रिर्पोटर दिलिप पौडेलबिरुद्ध मुद्धा दायर गरेको हो ।
उनीहरुलाई प्रतिवादी बनाई नेपाल आयल निगमका प्रमूख गोपाल बहादुर खडकाले काठमाडौं जिल्ला अदालतमा आज गाली बेईज्जती मुद्दा दायर गरेको हो । उक्त मुद्दामा नेपाल आयल निगमको सेवा विस्तारबाट रुष्ट भएको अमूक व्यापारीको प्रभावमा परि नागरिक दैनिकले आफू माथि विभिन्न आर्थिक अपचलनको आरोप लगाएको हुदा नियोजित तवरले आफूलाई बेईज्जती गर्ने प्रतिवादीहरुसंग जनही २० करोड क्षतिपुर्तिको साथै २ वर्ष सम्म कैदको माग गरिएको छ ।
मुद्दाको रोचक पक्ष गोपाल खडका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त दिप बस्नेतबीच कुनै नाता नभए पनि नागरिक दैनिकले नाता कायम गर्न खोजेको, नागरिक दैनिकले समाचार प्रकाशन गरेको भरमा अख्तियारले गोपाल खड्का उपर कारवाही नथालेको कारण अख्तियार प्रमुख समेतलाई बदनाम गर्ने, आफूलाई संविधान भन्दा माथि ठान्ने नागरिक पत्रिकाका सम्पादक रिर्पोटर एवं प्रकाशक समेतलाई कैद एवं जरिवानाको सजाय माग गरिएको छ ।
Comments
अरु समाचार
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...












