आयल निगमद्धारा २० करोड क्षतिपुर्ति माग गर्दै नागरिक राष्ट्रिय दैनिकविरुद्ध मुद्दा दायर

काठमाडौं, १ भदौं । नेपाल आयल निगमले नागरिक राष्ट्रिय दैनिक विरुद्ध मुद्धा दायर गरेको छ । पेट्रोलियम पदार्थ भण्डारण गर्ने उद्देश्य राखी खरिद गरेको जग्गामा आर्थिक चलखेल भएको समाचार निरन्तर रुपमा प्रकाशन गरी आएको भन्दै निगमले नागरिक राष्ट्रिय दैनिकको प्रबन्ध संचालक बिनोद राज ज्ञवाली, संचालक शोभा ज्ञवाली, सम्पादक गुणराज लुईटेल, र रिर्पोटर दिलिप पौडेलबिरुद्ध मुद्धा दायर गरेको हो ।
उनीहरुलाई प्रतिवादी बनाई नेपाल आयल निगमका प्रमूख गोपाल बहादुर खडकाले काठमाडौं जिल्ला अदालतमा आज गाली बेईज्जती मुद्दा दायर गरेको हो । उक्त मुद्दामा नेपाल आयल निगमको सेवा विस्तारबाट रुष्ट भएको अमूक व्यापारीको प्रभावमा परि नागरिक दैनिकले आफू माथि विभिन्न आर्थिक अपचलनको आरोप लगाएको हुदा नियोजित तवरले आफूलाई बेईज्जती गर्ने प्रतिवादीहरुसंग जनही २० करोड क्षतिपुर्तिको साथै २ वर्ष सम्म कैदको माग गरिएको छ ।
मुद्दाको रोचक पक्ष गोपाल खडका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त दिप बस्नेतबीच कुनै नाता नभए पनि नागरिक दैनिकले नाता कायम गर्न खोजेको, नागरिक दैनिकले समाचार प्रकाशन गरेको भरमा अख्तियारले गोपाल खड्का उपर कारवाही नथालेको कारण अख्तियार प्रमुख समेतलाई बदनाम गर्ने, आफूलाई संविधान भन्दा माथि ठान्ने नागरिक पत्रिकाका सम्पादक रिर्पोटर एवं प्रकाशक समेतलाई कैद एवं जरिवानाको सजाय माग गरिएको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












