भारतपछि युवतीलाई बेहोस बनाएर कपाल काट्ने घटना नेपालमा, रुपन्देहीमा ५ युवतीको कपाल काटियो
रुपन्देही, ४ भदौं । युवतीलाई बेहोस बनाएर कपाल काट्ने घटना रुपन्देहीमा पनि देखिएको छ । केही समयदेखि भारतका विभिन्न स्थानमा व्यापक चर्चामा आएको यो घटना अब नेपाली क्षेत्रमा समेत देखिन थालेको हो । भारतका विभिन्न राज्यमाहरु यसले निकै आतंक मच्चाएको थियो । जुन विषयले भारतीय सुरक्षा अधिकारी तथा सम्बन्धित निकायको टाउँको दुखाईको विषय बनेको थियो ।
उक्त घटनाको विषयमा छानविन गर्न भारतीय प्रहरीले निकै समय जनशक्ति परिचालन गर्नुपरेको थियो । अन्ततः उक्त घटनाका मुख्य योजनाकार पक्राउ परेका थिए । तर अहिले भने नेपाली सीमावर्ती क्षेत्रमा यो घटना देखिन थालेको छ । जसले गर्दा आमजनमानसमालाई भयवित बनाएको छ । रुपन्देहीको भगवानपुरकी ताइरा खातुन आइतबार दिउँसो एक्कासी बेहोस भइन्। आफन्त र स्थानीयले भीम अस्पताल लगे।
अपरान्ह होस आएपछि बसिरहेका बेला आफूहरुलाई रिंगटा लागेको र कसैले आफ्नो कपाल काटिदिएको बताइन्। कसले कपाल काटिदिएको भन्ने विषयमा उनले केही बताउन सकिनन्। उनले भनिन् ‘चकमन्न भएजस्तै भयो, मैले आफ्नै कपाल काटिएको अवस्थामा देखेँ अनि बेहोस भए। ‘ त्यस्तै आइतबार विहान लुम्बिनी सांस्कृतिक नगरपालिकाकी २ युवतीको पनि कपाल काटिएको छ।
उनीहरु पनि खातुन जस्तै बेहोस भए । अस्पताल पुर्याएपछि उनीहरुको होस खुलेको छ। अहिले रुपन्देही जिल्लामा ५ जना युवतीहरुको कपाल काटिएको र बेहोस भएको प्रहरीले बताएको छ । कपिलवस्तुको पकडी क्षेत्रमा पनि यस्तै समस्या एक युवतीमा पाइएको छ। तर प्रहरीले भने यस विषयमा हल्ला सुनेपनि प्रहरीमा कुनै जानकारी नआएको बताएको छ। यस्तो हल्ला सुनेको तर प्रहरीमा लिखित रुपमा उजुरी दिन कोही नआएको जिल्ला प्रहरी प्रमुख भोजजंग शाहले जानकारी दिए ।
रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले भारतका विभिन्न स्थानमा देखा परेको समस्या सीमावर्ती जिल्लाहरुमा पनि देखिएको बताए। यसरी बेहोस हुने र कपाल काटिएकामा १७ वर्षदेखि २५ वर्षसम्मका युवती छन् । समस्या देखिएपछि रुपन्देही प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक पुरुषोत्तम राउत क्षेत्रीलाई अनुसन्धान गर्ने जिम्मा दिएको छ। प्रहरीले चिकित्सकसहित बेहोस भएकाहरुको उपचार सुरु गरेको छ भने घटनालाई अन्य मोडबाट अनुसन्धान सुरु गरेको छ।
‘बेहोस भएकाहरुमा स्वास्थ्य समस्या के छ त्यो पनि हामी हेरिरहेका छौं,’ रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले भने । महिलालाई कपाल काट्दिएर, समाजमा अपहेलित गर्ने मनसाय कुनै समूहको हुन सक्ने भन्दै त्यतातिरबाट पनि अनुसन्धान गरिएको उनले बताए।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












